थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सुरु भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा ७ वैशाखबाट व्यवसायिक तरकारी खेती सम्बन्धी ३ दिने तालिम सुरु भएको हो ।

आर्थिक वर्ष २०८०÷०८१ वार्षिक स्वीकृत कार्यक्रम अनुसार व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका किसानहरुको लागि थाहा नगरपालिका कृषि विकास शाखाले तालिमको आयोजना गरेको हो । कृषकहरुलाई व्यवसायिक बनाइ कृषि उत्पादनमा वृद्धि गराउने उद्धेश्यले उक्त तालिममा पालिकाको प्रत्येक वडाको अगुवा कृषक किसानहरुको सहभागीता रहेको छ ।

तालिममा सहभागीहरुलाई तालिममा व्यवसायिक तरकारी खेती गर्ने तरिका, रोग नियन्त्रणको उपाय लगायतका विषयमा प्रशिक्षण दिइरहेको थाहा नगरपालिका कृषि विकास शाखाका प्रमुख संजय तिवारीले जानकारी दिए । तालिममा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकारी डाक्टर देवराज अधिकारीले सहजीकरण गरिरहेका छन् ।

थाहा नगरपालिकाले कृषि तथा पशुपालनलाई विशेष प्राथमिकता दिई विगतदेखि नै कृषिको यान्त्रिकीकरण एवं व्यवसायिकरण गर्ने उद्देश्यले विभिन्न कृषि औजार तथा सामाग्री वितरण गर्दै आईरहेको छ । नगरपालिकाले कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न नगरपालिका लागि परेको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताए ।

पालिका प्रेस
थप जानकारी