बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमाका लागि पूर्वबजेट छलफल भएको छ । आर्थिक मामिला योजना मन्त्रालयको आयोजनमा हेटौैंंडामा पूर्वबजेटमाथि छलफल भएको हो । छलफलमा विज्ञहरुले कृषि क्षेत्रमा आधुनिकीकरण गरी कृषिमा परिमार्जन गर्न सुझाव दिएका छन् ।

आइतबार हेटौंडामा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुुख आतिथ्य तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाको अध्यक्षतामा प्रिबजेट छलफल भएको हो । छलफलमा प्रदेश योजना आयोगका पूर्वसदस्य प्रा.डा. ध्रुवराज पोखरेलले कृषकलार्ई आपूर्तिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले युवा विकासमा ध्यान दिनुपर्ने बताउँदै स्रोत संकलनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । पोखरेलले सांस्कृतिक विकासलाई स्रोतसँग जोड्नुपर्ने, कृषिलाई पर्यटनसँग जोड्नुपर्ने, भूगोललाई मध्यवर्ती पर्यटनमा जोड्नुपर्ने र परम्परागत कृषि प्रणालीलाई आधुनिकतामा लैजानुपर्नेमा जोड दिनुभएको छ ।

प्रदेश योजना आयोगका पूर्वसदस्य प्रा.डा. रामचन्द्र ढकालले स्थानीय तहको समन्वयमा भूमि उपयोग कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले पूर्वाधारलाई श्रेणीगत गरी विकास गर्नुपर्ने भन्दै प्रदेशका ८५ स्थानीय तहमा कृषि अनुदान चालु राखी कार्यक्रमलाई निरन्तरता दिई प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

आर्थिक विकास तथा अनुसन्धानका अध्यक्ष डा. चन्द्रमणि अधिकारीले स्रोतको उच्चतम उपयोग गरी आवश्यकता, सहभागिता एवम् दक्षताको आधारमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुशासन सूचाकाङ्क १ प्रतिशले वृद्धि हुँँदा १.७ प्रतिशले आर्थिक वृद्धि हुनुपर्ने जानकारी गराउनुभयो । भौतिक पूर्वाधारको साथसाथ सामाजिक पूर्वाधारमा जोड दिनुपर्ने बताउँदै आयमा असमानता घटाउन जोड दिनुपर्ने उहाँको भनाइ छ ।

प्रदेशमा कृषि उत्पादनलाई उद्योगसँग जोड्नुपर्ने धारणा राख्नुभयो । पछिल्लो समय ग्रामीण क्षेत्रमा अधिक भएको जनसंख्या कम हुँदै गएको अवस्थामा सरकरले संरक्षणमा ध्यान दिनुपर्ने बताउँदै उत्पादनको आधारमा अनुदानमा जोड दिनुपर्ने सुझाव दिनुभयो । उहाँले प्रदेशमा डिजिटल अर्थव्यवस्थामा जोड दिनुपर्ने बताउनुभयो ।

यस्तै, छफलमा विज्ञ प्रा.डा. कपिलदेव सुवेदीले बजेट निर्माणको क्रममा खर्च जीडीपीलाई प्रोत्साहन गर्ने खालको कार्ययोजना बनाउनुपर्नेमा जाोड दिनुभएको छ । सरकारले सिधा प्रतिफल आउने योजनामा लगानी गर्नुपर्ने, मानव विकासका क्षेत्रमा जोड दिने कार्य गर्नुपर्ने सुवेदीले बताउनुभयो । उहाँँले खाद्य संकट कम गर्ने क्षेत्रमा जोड दिनुपर्ने, स्वदेशमा नै अध्ययनमा विद्यार्थी टिकाउने नीति लिनुपर्ने धारणा राख्नुभयो । बजेट निर्माण गर्दा कोर टिम बनाई पूर्वाधार विकासमा जोड दिनुपर्ने, योजनालाई गुणस्तरीय बनाउनुपर्ने, युवाको क्षमता विकासमा जोड दिनुपर्ने, आधारभूत क्षेत्र स्वास्थ्य, कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने, प्रदेशमा पकेट क्षेत्रको विकास गर्नुपर्ने, पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्नुपर्ने, कृषिको उत्पादकत्व वृद्धि र गुणस्तर सुधार्न जोड दिनुपर्ने बताउनुभयो ।

छलफलमा कृषि विज्ञ डा. तिलचन्द्र भट्टराईले मनोरञ्जनको कर न्यून भएकाले वृद्धि गर्नुपर्ने बताउनुभयो । प्रदेशमा विकास आधारको बारेमा स्पष्ट हुनुपर्ने बताउँदै पूर्वाधार सँगै आय बढाउने कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । कृषि उत्पादनको निर्यात बढाउनुपर्ने जानकारी गराउँदै कृषि उपजलाई उत्पादन गरी ब्राण्डका रुपमा स्थापित गर्नुपर्ने, काठको सदुपयोग हुनुपर्ने, दहत्तर बहत्तर निकासी गर्नुपर्ने र लगानी सम्मेलन गर्नुपर्नेमा उहाँको जोड छ ।

प्रिबजेट छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्साल, नेकपा एमालेका सचेतक मधुसुदन पौडेल, नेकपा माओवादीका सचेतक रत्न ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य वीरबहादुर तामाङको उपस्थिति रहेको थियो ।

-सम्वृद्ध समाजबाट साभार

पालिका प्रेस
थप जानकारी