थाहा नगरपालिकाको सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ थाहानगरको आयोजनामा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूलाई अभिलेख तथा लेखा व्यवस्थापनसम्बन्धी दुईदिने तालिम ७ वैशाखबाट थानाबजार स्थित गंगा होटलमा सुरु भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ थाहानगरका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षता तथा थाहा नगरपालिकाको कार्यपालिका सदस्य अनिता बलको प्रमुख आतिथ्यता तथा महासंघका जिल्ला अध्यक्ष सादुराम चौलागाईं, जिल्ला कोषाध्यक्ष बलराम अधिकारी, महासंघ थाहा नगरपालिकाका सूचना अधिकारी कुमार नेगी, थाहा नगरपालिकाका प्रेस संयोजक शम्भु अधिकारीको आतिथ्यता रहेको थियो ।

थाहानगर क्षेत्रका सामुदायिक वन उपभोक्ता समहको सहभागिता रहेको तालिममा वन व्यवस्थापन अन्तर्गत सामुदायिक वन अभिलेख तथा लेखापरीक्षण व्यवस्थापन, प्रस्ताव एवं निर्णयहरू लेख्नेका साथै वन व्यवस्थापन, वैज्ञानिक वन ब्यवस्थापन, समूहमा सामूहिक भावना र सहकार्यमा टेवा पु¥याउने, समूहमा हुने क्रियाकलाप तथा ति क्रियाकलाप कार्य गर्न खर्च भएको रकमको व्यवस्थित लेखा राख्न सहजीकरण गरिएको थियो ।

तालिमका सहभागीहरुलाई महासंघका जिल्ला कोषाध्यक्ष बलराम अधिकारी र लेखापरीक्षक टंक उपाध्यायले सहजीकरण गरिरहेका छन ।

पालिका प्रेस
थप जानकारी