तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद इकाई समिति थाहा नगरपालिका वडा नम्बर ५ फुर्केको आयोजना तथा नेपाल तमु विद्यार्थी छोंज धीं जिल्ला कार्यसमितिको सहआयोजनामा साँस्कृतिक कार्यक्रमसहित तमु ल्होसार मनाइएको छ । तमु ह्युलका इकाई अध्यक्ष तथा थाहा ५ का वडा अध्यक्ष बिष्णु बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको विशेष आतिथ्यतामा भएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, ५ नम्बर वडाका निर्वाचित जनप्रतिनिधि, तमु विद्यार्थीका जिल्ला कार्यसमिति सदस्यहरु, तमु समाजका जेष्ठ सदस्य गणेश बहादुर गुरुङ ,पत्रकार शम्भु अधिकारी लगायतका अतिथी हरुको उपस्थिति रहेको थियो। सो अवसरमा शुभकामना दिदै प्रमुख अतिथी नगर प्रमुख बिष्टले संस्कार र संस्कृति जान्न र बुझ्नका लागि पनि युवाहरुको सक्रियता बढेको देखेर खुसी लागेको बताए । ल्होसार चाड सामूहिकरुपमा मनाउँदा नयाँ पुस्ता र अन्य समुदायलाई पनि चासोको विषय बनेको उनको भनाइ थियो । उनले गुरुङ समुदायको संस्कृति तथा रहनसहन लाई पुस्तानान्तरण गर्दै लानुपर्नेमा जोड दिए ।

तमु ल्होसारको बारेमा र कार्यक्रमको उद्देश्यको बारेमा प्रष्ट पार्दै तमु विद्यार्थीका मन गुरुङले ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको बताउदै यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने तथा ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित भएको बताउदै गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको बताइन । यसपटक तमु (गुरुङ समुदाय)ले तो (बिरालो वर्ग)को बिदाइ गर्दै गरुड बर्गको स्वागत गरेर भव्य रूपमा पर्व मनाएका हुन्।

पालिका प्रेस
थप जानकारी