हेटौंडा उपमहानगरपालिका वडा नम्बर– १७ मा बालमैत्री स्थानीय शासनका सूचक मापन र पञ्चवर्षीय लगानी योजना तयारी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । १७ नम्बरका वडा अध्यक्ष उद्धव सत्यालको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका महिला तथा बालबालिका विकास महाशाखा प्रमुख एवं निर्देशक विष्णु कुमारी लामिछानेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा वडाका बालमैत्री सम्पर्क व्यक्तिसहित सबै जन प्रतिनिधि, वडा सचिव सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्वास्थ्य संस्था प्रमुख एवम् स्वस्थ स्वयंसेविकाहरु, स्थानीय प्रहरी, बाल समूह सञ्जालका प्रतिनिधिहरू, विभिन्न टोल विकासका अध्यक्ष लगायत अन्य प्रतिनिधिहरू सहित नगर र वडा सहजकर्ता तथा महिला, बाल बालिका शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।

हेटौंडा उपमहानगरपालिकाले मङ्सिर मसान्त २०८० सम्ममा सम्पूर्ण वडाहरु सहित नगर समेत बाल मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने लक्ष्य सहित विभिन्न क्रियाकलापहरु अगाडि बढाइरहेको सन्दर्भमा हाल सबै वडाहरुमा सूचक मापन र लगानी योजना निर्माण कार्य सञ्चालन गर्दै गरेकोमा वडा न ८ मा ३२ सूचक वडा न २ मा २८ सूचक वडा न १८ मा २९ र आजको कार्यशाला पश्चात् वडा न १७ मा ३० सूचक पूरा भएको र पूरा भएका सूचकको दिगोपना तथा बॉकी सूचक प्राप्तिका लागि आवश्यक कामकारबाही सहितको लगानी योजना निर्माण समेत सम्पन्न भएको छ । वडा अध्यक्षले बालमैत्री अभियानलाई आज गरेको सूचक विश्लेषण ले थप सहज बनाउने भन्दै बाँकी सूचक पूरा गर्न सबैले सकारात्मक पहल गरिदिन अनुरोध समेत गरे ।

पालिका प्रेस
थप जानकारी