मकवानपुरको भीमफेदी गाउँपालिकाका जेष्ठ नागरिकहरुलाई वडा कार्यालयमा नै एकिकृत सेवा प्रदान गरिएको छ । हरेक वडामा एकिृकृत सेवा दिने तयारीका साथ काम सुरु गरिएको हो ।

एकिकृत सेवा दिने कार्यक्रम अनुसार भीमफेदी गाउँपालिका वडा २ भैसेमा जेष्ठ नागरिकहरुलाई न्यानो सिरक वितरण गरि सम्मान समेत गरिएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

यसैगरी यही कार्यक्रममा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण तथा बैंकको प्रतिनिधिहरुको उपस्थितिमा सामजिक सुरक्षा भत्ता समेत वितरण गरिएको छ । करिब एक सय जनाको सुगर, प्रेसर समेत जाँच गरिएको छ । कार्यक्रमका अवसरमा सहभागि भएका बृद्धबृद्धाहरु सबै सेवा एकै स्थानमा पाउँदा खुसी समेत भएका छन् ।

पालिका प्रेस
थप जानकारी