थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर बिष्टले सबै जातजातिको मौलिक अधिकार सुनिश्चित गर्न र संस्कृतिलाई जोगाई नयाँ उचाइमा पु¥याउन ल्होछारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । तामाङ समुदायले मनाउने मञ्जुश्री संवत २८६९ (डुक ल्हो) गरुड वर्ष सोनाम ल्होछारको ठूलोमाखुमा २५ माघमा उद्घाटन गर्दै नगर प्रमुख विष्टले सबै धर्म र संस्कृतिको जगेर्ना गर्न थाहा नगरपालिका सदैव तयार रहेको प्रतिवद्धता जनाए । बिष्टले तामाङहरु विश्वको कुनै पनि स्थानमा बसोबास गरे पनि आफ्नो मौलिकतालाई जोगाइराख्न पहल गरिनुपर्ने उल्लेख गरे ।

थाहा नगरपालिका ४ माथिल्लो भेगमा बसोवास गर्ने तामाङहरुले सोनाम ल्होछार ठुलोमाखुमा मनाएका हुन् । स्थानीय तामाङ समुदायको आयोजनामा भएको ल्होछारको अवसरमा चेलीबेटी भेटघाट तथा साँस्कृतिक कार्यक्रममा समेत प्रदर्शन गरिएको थियो । कार्यक्रम थाहानगर कार्यपालिका सदस्य तथा आयोजक समितिको संयोजक चन्द्रमाया थिङको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा थाहानगरको ४ नम्बर वडा अध्यक्ष नारायण लामा, वडा सदस्यहरु सुन्दर केसी, अक्षय कुमार थिङ, शान्ती बिश्वकर्मा, भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र ,कुण्डलदेवी बहुउद्देश्यीय सहकारीका अध्यक्ष शिवकुमार खत्री, पत्रकार शम्भु अधिकारी, नेपाल दलित मुक्ति मोर्चाका प्रदेश सचिव जमिन दियाली, माओवादी केन्द्र थाहा ४ का सदस्य मिना लामा, थाहा कोशेली घरका संयोजक राजकुमार पन्त लगायतका उपस्थिति रहेको थियो।

कार्यक्रममा तामाङ संस्कृति, भेषभुषा, तामाङ खानाका परिकारका साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

पालिका प्रेस
थप जानकारी