थाहा नगरपालिकाको जनकल्याण माविमा तामाङ समुदायको सांस्कृतिक पर्व २८६० औं सोनाम ल्होछार विविध साँस्कृतिक कार्यक्रमसहित मनाइएको छ । ह्योई ल्हो अर्थात बिरालो वर्गलाई बिदाई गर्दै डुक ल्हो अर्थात गरुड वर्षलाई स्वागत गर्दै पर्व मनाइएको हो । कार्यक्रमको एमारोहकाबीच थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख बिष्टले तामाङ जातिको मौलिक अधिकार सुनिश्चित गर्न र संस्कृतिलाई जोगाई नयाँ उचाइमा पु¥याउन ल्होछारको ठूलो भूमिका हुने बताए । उनले तामाङ जातिको संस्कृति र आफ्नो पहिचानको जगेर्ना गर्न यस्ता कार्यक्रमले सघाउ पु¥याउने उल्लेख गरे । ल्होसार बिशेष कार्यक्रममा तामाङ खानाको स्टल, भेषभुषा, गरगहना, बाजा, ढ्याङ्ग्रो नाचलगायतको प्रदर्शनी तथा विक्री गरिएको थियो । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले कार्यक्रममा प्रस्तुति दिएका थिए । गायिकाहरु, मिङ्स लामा, सुजना रुम्बा, अमिर भोम्जन, रजनी लामा, उत्सव सुब्बा लामा, धिरेन लामाका साथै चर्चित गायिका आशा लामासहित मकवानपुर आइडल, थाहा आइडल र हेटौंडा आइडलको समेत बेजोड प्रस्तुति रहेको थियो ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइएको छ ।

नेपाल तामाङ घेदुङ थाहानगर समिति अध्यक्ष दिपेन्द्र कुमार लामाको अध्यक्षतामामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ संघिय पुर्व महासचिव बाबू घिसिङ तथा लोपेन गुरु उर्गेन पेमा छोइलिइङ गुम्बा उत्तरपानीका प्रमुख दोर्जे लामाको विशिष्ट आतिथ्यता रहेको थियो । लहोसार कार्यक्रममा नेपाली काँग्रेसेका थाहानगर सभापति प्रमोदकृष्ण जोशी, माओवादी केन्द्रका नगर अध्यक्ष विनोद कुमार लामा, थाहा नगरपालिकाका वडा अध्यक्ष १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान, २ का बमबहादुर सिङतान, ३ का हिरेन्द्र रायमाझी, ४ का नारायण लामा, ६ का राजनभक्त श्रेष्ठ, ७ का शिवराज थिङलगायत, बलम्बु च्याउ सहकारीकी कल्पना बलामी, खेलकुद विकास समिती थाहा नगर सदस्य यादव रायमाझी, थाहा मजदुर संघका उपाध्यक्ष राजकुमार कार्की, जनकल्याण माविकाा अध्यक्ष राजीव कुमार स्याङ्तान, पालुङ क्याम्पसका प्रमुख राजन मिश्र, रेडियो राजमार्गका शिवराज आचार्य, थाहापाटिका सम्पादक शम्भु अधिकारी, थाहा ४ का पुर्व अध्यक्ष दिपक सिंह लामा, लायन्स क्लव अफ थाहा पिसका अध्यक्ष गिता कार्की, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगर लगायतका आतिथ्यता रहेको थियो।

पालिका प्रेस
थप जानकारी