मकवानपुरको राक्सिराङ गाउँपालिकाले गरिब परिवार परिचय पत्र बाँड्ने भएको छ । पालिका अन्तर्गतको वडा कार्यालयह्ररुबाट परिचयपत्र वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत देव चन्द्र गर्तौलाले जानकारी दिए ।

नोल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सञ्चालित गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रबाट छनौंट भएका लाभग्राहीलाई परिचयपत्र वितरण गर्न लागिएको हो । गतवर्षबाट परिचयपत्र वितरण थालेको राक्सिराङले छुट भएका लाभग्राहीहरुलाई पुनः परिचयपत्र वितरण गर्न लागिएको गर्तौलाले बताए ।

लाभग्राहीले आफ्नो परिचयपत्र वडा कार्यालयबाटै बुझ्न सक्ने गाउँपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी