राक्सिराङ गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिको क्षमता विकासका लागि तीन दिने तालिम प्रदान गरिएको छ । अविलिस फाउण्डेसन फिनल्याण्डको सहयोगमा अपाङ्ग स्वावलम्बन जीवनपद्दति केन्द्र मनहरी–७ मकवानपुरले आवासीय तालिमको आयोजना गरेको हो ।

तालिममा राक्सिराङ गाउँपालिका भरका ४० जना अपाङ्गता भएका व्यक्ति सहभागी भएको अपाङ्ग स्वावलम्बन जीवनपद्धति केन्द्र मनहरीका अध्यक्ष दिलबहादुर स्याङ्बोले जानकारी दिए । तालिममा राक्सिराङ गाउँपालिका सामाजिक विकास शाखाका गोविन्द अधिकारी, राष्ट्रिय अपाङ्ग महासंघका सल्लाहकार गणेशचन्द्र दवाडी, महासंघका बागमती प्रदेश कार्यक्रम संयोजक सीता मल्लठकुरी, सञ्चारकम शिवकुमार काशी, मनोसामाजिक परामर्शदाता सुमिरा लामालगायतले सहजीकरण गरेका थिए । अपाङ्गता भएका व्यक्तिको नेतृत्व क्षमता बढाउन, सञ्चार सीपको विकास गर्न र आफूलाई सबल छु भन्ने महसुस गराउनका लागि तालिमको आयोजना गरिएको अध्यक्ष स्याङ्बोले बताए । तालिममा सहभागी भएपछि अपाङ्गता भएका व्यक्तिले साझाकुरा संवाददाता उच्चमनोबल बनाएर घर फर्केको उनको भनाई छ ।

कार्यक्रमको समापन गर्दै राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले अपाङ्गता भएका व्यक्तिको पीरमर्कामा गाउँपालिकाले ध्यान दिने प्रतिबद्धता जनाएका छन् । उनले आगामी योजना निर्माण र कार्यान्वयनका चरणमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका सम्बन्धमा पनि ध्यान दिने बताए ।

पालिका प्रेस
थप जानकारी