मकवानपुरको बकैया गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा ३२ दशमलव ४७ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । पालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित ८१ करोड ८९ लाख ३६ हजार मध्ये ११ फागुनसम्म २६ करोड ५९ लाख १६ हजार ९५० रुपैयाँ खर्च गरेको हो ।

गाउँपालिकाको क्षेत्रगत विकासका ५ क्षेत्रमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १५ करोड ६७ लाख ८६ हजार विनियोजन भएकोमा ६ करोड ५६ लाख ४७ हजर ७९९ अर्थात ४१.८७ प्रतिशत वित्तिइ प्रगती हासिल गरेको छ । पूर्वाधार विकास क्षेत्रमा १७ करोड ८८ लाख छुट्याएको गाउँपालिकाले यस अविधिमा चार करोड ६५ लाख १७ हजार ७४२ रुपैयाँ खर्च गरेको छ । आर्थिक विकास क्षेत्रमा ८ करोड ४४ लाख ७७ हजार विनियोजन भएकोमा ९१ लाख ८६ हजार ७११ अर्थात २६.०२ प्रतिशत वित्तिइ प्रगती हासिल गरेको छ ।

सामाजिक विकास क्षेत्रमा ३९ करोड ४९ लाख ५९ हजार बजेट विनियोजन गरेकोमा १४ करोड ३४ लाख ६६ हजार ५७० अर्थात ३६.३२ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३९ लाख १४ हजार बजेट विनियोजन गरिएकोमा १० लाख ९७ हजार १२८ अर्थात २८.०२ प्रतिशत वित्तिइ प्रगती हासिल गरेको छ ।

पालिका प्रेस
थप जानकारी