थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले तालिममा सिकेको कुराहरुलाई आ–आफ्नो विद्यालयका विद्यार्थीहरुमाझ लागू गरी बालबालिकालाई राम्रो शिक्षा र संस्कार दिन आग्रह गरेका छन् । नगर प्रमुख विष्टले सामुदायिक विद्यालयमा बिश्वासको वातावरण बनाउन आग्रह गर्दै जग बलियो भएमात्र घर बलियो हुने प्रशंङ्कको उदाहरण दिदै मन्टेश्वरी माध्यमबाट हुने शिक्षण सिकाइले बालबालिकामा सकारात्मक प्रभाव पर्ने बताए । थाहा नगरपालिका शिक्षा शाखाले आयोजना गरेको पाँचदिने मन्टेश्वरी तालिमको समापन गर्दै प्रमुख विष्टले यस्तो बताएका हुन् । उनले बालबिकास शिक्षकहरुको क्षमता अभिबृद्दीमा थाहा नगरपालिकाले क्षमता अभिवृद्धिका विभिन्न कार्यक्रमहरुको आयोजना बताए ।

थाहा नगरपालिकाको सामुदायिक विद्यालयमा कार्यरत वालबिकास कक्षाका शिक्षक तथा प्रशिक्षकहरुको लागि थाहानगरको थानाबजारको गंगा होटलमा आयोजित तालिम समापन कार्यक्रममा सहभागीहरुले तालिम उपलब्धिमुलक भएको बताउदै सिकेका कुराहरु लाई आआफ्नो विद्यालयमा लागुगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । बालबिकास सहजकर्ताहरुका लागि बेलाबेलामा नगरपालिकाले यस्ता कार्यक्रमहरुको आयोजना गरिरहनुपर्नेमा जोड दिदै यस्ता खालको कार्यक्रममा नगरका सबै बालबिकास सहजकर्ताहरुलाई समाबेश गर्नुपर्ने बताएका थिए ।

थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्ल्को सभाध्यक्षतामा तालिम समापन गरिएको थियो । थाहा नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत आयोजित तालिममा नगर भित्रका सामुदायिक विद्यालयका ४० जना बाल बिकास शिक्षकहरुको सहभागीता रहेको थियो । तालिमका सहभागीहरुलाई बाल विकास विषेशज्ञहरु सुशीला भण्डारी, मुना राई र रेणुका श्रेष्ठले सहजीकरण गरेका थिए । समापन कार्यक्रममा सहभागी बालबिकास सहजकर्ताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रमलाई शिक्षा शाखाका अधिकृत सुर्य बहादुर थिङले संचालन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी