मकवानपुरको भीमफेदी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को नौं महिनामा करीब ४० प्रतिशत बजेट खर्च गरेको छ । पालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको चैत्र २० गतेसम्ममा ३९.८६ प्रतिशत खर्च गरेको हो ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को लागि ७५ करोड २६ लाख ७६ हजार ६०० रुपैयाँ बराबरको बजेट विनियोजन गरेकोमा गएको साउनदेखि चैत्र २० गतेसम्म ३० करोड ४८ हजार ८७३ रुपैयाँ खर्च गरेको छ । पालिकासँग अब ४५ करोड २६ लाख २७ हजार ७२६ रुपैयाँ बजेट मौज्दात रहेको जनाएको छ ।

गाउँपालिकाले यस अवधिमा सबैभन्दा बढी अनुगमन तथा मूल्याङ्कन क्षेत्रमा ७४.४७ प्रतिशत खर्च गरेको छ । पालिकाले दिएको तथ्याङ्क अनुसार यस अवधिमा ३ वटा क्षेत्रमा मात्र ५० प्रतिशत बढी खर्च गरेको । भने, ५ वटा क्षेत्रको बजेट शुन्य खर्च गरेको छ । पालिकाले अनुगमन मुल्यांकन (७४.४७), शिक्षा (५८.६१) र शासन प्रणालीको क्षेत्रमा (५५.३९) प्रतिशत खर्च गरेको छ ।

यस्तै सहकारी, सामाजिक सुरक्षा तथा संरक्षण, उर्जा, सम्पदा पूर्वाधार र तथ्याङ्क प्रणालीको क्षेत्रमा शुन्य बजेट खर्च गरेको छ । गाउँपालिकाले आर्थिक विकास तर्फ १९.७३, कृषि क्षेत्र तर्फ २८.०६, उद्योग तर्फ ११.९४, पर्यटन तर्फ ५.८२, जलश्रोत तथा सिंचाई तर्फ २९.४२, पशुपन्छी विकास तर्फ ७.८४, सामाजिक विकास तर्फ ४७.८१, स्वास्थ्य तर्फ ४३.३५, खानेपानी तथा सरसफाई तर्फ २६.४१, भाषा तथा संस्कृति तर्फ ११.३४ र लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फको ११.२९ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यस्तै युवा तथा खेलकुद तफै ६.७९, पूर्वाधार विकास तर्फ ३४.७७, यातयात पूर्वाधार तर्फ ३२.९४, भवन आवास तथा सहरी विकास तर्फ ४७.३१, पुननिर्माण तर्फ १९.१२, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ३७.१५, वातावरण तथा जलवायु तर्फ १९.३८, विपद व्यवस्थापन तर्फ ७.४२ मानव संशाधन विकास तर्फ १५, कानुन तथा न्याय तर्फ १७.८९, श्रम तथा रोजगारी तर्फ १४.५४, र कार्यालय सञ्चालन तर्फ ४६.३२ प्रतिशत बजेट खर्च गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको योजनाहरु समयमै सक्ने गरि काम भईरहेको जनाएको छ । ठेक्का तथा कोटेशनबाट सञ्चालित बाहेक गाउँपालिकाको कुल २५७ वटा योजना मध्ये हालसम्म १८७ वटा सम्झौता गरिसकेको र ९८ वटा सम्पन्न भई भुत्तानीसमेत भईसकेको र ७० वटा सम्झौता गर्न बाँकी रहेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्र्धेका अनुसार सबै योजनाहरु समयमै सम्पन्न गर्ने र आगामी वर्षको बजेट निर्माणमा लाग्ने गरि काम भईरहेको बताए ।

पालिका प्रेस
थप जानकारी