मकवानपुर थाहा नगरपालिकाले मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम अन्तर्गत वडा नम्बर ७ मा रहेको दुई कृषक समूहलाई कृषि सामाग्री वितरण गरिएको छ । थाहा नगरपालिका वडा न ७ राम्चेमा रहेको पारिजात कृषक समुह र डाडाबासमा रहेको सुन्दरीदेवी कृषि समूह लाई कृषि सामाग्री वितरण गरिएको हो।
सुन्दरीदेवी कृषक समुहलाई मिनिटिलर ७ एच पि १५ थान, मिनि टिलर डिजल २ थान, स्पे्र पम्प ४८ थान, मल्चिङ पाल्स्टिक ३०रोल, डिजिटल काटा ९ थान,सिम्पोलिन ४ थान, हिलटेक २ हजार लिटरको १ थान, हिलटेक १ हजार लिटरको २ थान, हिलटेक ५ सय लिटरको ५ थान, गार्डेन पाइप ८६ केजी, हजारी १० लिटरको २६ थान, स्पृङ्कक ठूलो ५ थान सानो १ थान को कृषि सामाग्री ५० प्रतिशत अनुदानमा प्रदान गरिएको कृषि शाखा प्रमुख सन्जय तिवारीले जानकारी दिए ।
त्यसैगरी पारिजात कृषि समुहलाइ मिनिटिलर पेट्रोल १७ थान,मिनिटिलर डिजल २ थान,स्प्रे पम्प ४० थान, युभी प्लास्टिक १ सय माइक्रोनको २ रोल,मल्चिङ प्लास्टिक २० रोल, बायोटिक चुन २ सय ८० केजी, हिलटेक १ हजार लिटरको २ थान, डिजिटल काटा ३ थान,स्प्रीङकल ठूलो सानो १२० थान, एचडिइपि २० एम एम.को पाइप ३ सय ४ मिटर र एप्रोन सेट ३० थान प्रदान गरिएको हो । यस कार्यक्रमको लागि पालिकाले १२ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

कार्यक्रममा थाहा नगरपालिकाका आर्थिक बिकास समिती संयोजक हिरेन्द्र रायमाझीले नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको बताए । ‘हाम्रो नगर कृषि र पर्यटनमा आधारित नगर हो’, उनले भने “किसानको हितका निम्ति हुने कामलाई नगरपालिका एकचित्त भएर सहयोग गर्न तयार छौं ।’
कृषक समुहका अध्यक्ष इमान सिं तामाङ र राजकुमार मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा ७ न वडा अध्यक्ष शिवराज थिङ, वडा सदस्य देवेन्द्र थापा, कृषि शाखाका राजकुमार श्रेष्ठ , वडा कृषि प्राविधिक उत्तम धिमाल, वडा जनप्रतिनिधिहरु तथा किसानहरुको उपस्थिति रहेको थियो।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्