मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ७५ दशमलव ५१ प्रतिशत हासिल गरेको छ । पालिकाले २५ असारमा आफ्नो वार्षिक वित्तीय प्रगती सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४८ करोड १८ लाख ५९ हजार बजेट विनियोजन गरेकोमा ३६ करोड ३८ लाख ५२ हजार रुपैयाँ खर्च गरेको जनाएको छ । पालिकाको चालुको तुलनामा पुँजीगत खर्च निकै कमजोर देखिएको छ । गाउँपालिकाले चालुतर्फ २७ करोड ७८ लाख २९ हजार बजेट विनियोजन गरेकोमा २४ करोड १० लाख १० हजार अर्थात ८६.७४ वित्तीय प्रगती हासिल गरेको छ ।
त्यसैगरी पुँजीगततर्फ २० करोड ४० लाख ३० हजार बजेट विनियोजन भएकोमा १२ करोड २८ लाख ४१ हजार अर्थात ६०.२० प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । पालिकाले चालुको तुलनामा २६.५४ प्रतिशत कम पुँजीगत खर्च गरेको प्रमुख प्रशासकीय रामचन्द्र लामाले जानकारी दिए ।
















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्