मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट नगरसभाको अधिवेशनबाट पारित भएको छ । १७ औं नगरअधिवशेनको दोश्रो बैठकले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ९० लाख तीन हजार रुपैयाँ बराबरको बजेट पारित गरेको हो । असार १० गते बसेको उपमहानगरको नगरसभाको १७ औँ अधिवेशनमा उपप्रमुख राजेश बानियाँले चालु आर्थिक वर्षको बजेटभन्दा वृद्धि गर्दै बजेट प्रस्तुत गरेका थिए ।
उपमहानगरको चालु आवको बजेट दुई अर्ब ४३ करोड ८० लाख रुपैयाँ रहेको थियो । हेटौंडा उपमहानगरप्रवक्ता सविन न्यौपानेले अधिवेशनले आर्थिक विधेयक र विनियोजन विद्येयक पारित गरेको जानकारी दिएका छन् । आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ र बाँकी संघ र प्रदेशबाट अनुदान प्राप्त हुने अनुमान गरिएको छ । नगर विकास कोषको ऋणबाट तीन करोड ६० लाख रुपैयाँ स्रोत व्यवस्थापन गर्ने बजेटमा व्यवस्थ गरिएको छ । आगामी आवका लागि कार्यसञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनका लागि ५९ करोड ६५ लाख ९० हजार र सुशासन तथा संस्थागत विकासतर्फ तीन करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेट पारित भएसँगै आगामी साउन १ गतेबाट उपमहानगरलाई खर्च गर्ने बाटो खुलेको छ ।
आगामी आर्थिक वर्षको लागि उपमहानगरले हेटौंडा–१० मा निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणको लागि ४ करोड बजेट विनियोजन गरेको छ । पदमपोखरीमा मुख्य सडक विस्तार, बृहत खानेपानी, चक्रपथ सडक लगायत योजनाका लागि ७ करोड बजेट विनियोजन गरिएको छ । उज्यालो सहर कार्यक्रमअन्तर्गत स्ट्रिट त्यसैगरी हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मेघा विद्यालय पूर्वाधार निर्माणका लागि विद्यालयको ५० प्रतिशत लागत साझेदारीमा निर्माणकार्य सुरुवात गर्न ५० लाख बजेट विनियोजन गरिएको छ ।
नगरक्षेत्रमा उत्सर्जन हुने फोहोरमैलाको दिगो व्यवस्थापन गर्न सार्वजनिक निजी साझेदारी अवधारणामा फोहोर व्यवस्थापन कार्यलाई उपमहानगरले निरन्तरता दिने भएको छ । डिजिटल सिटीको अवधारणालाई अघि बढाउने नीति उपमहानगर पालिकाको रहेको छ । लाइट जडानको लागि ४० लाख, तामाङ संग्रहालय निर्माणको लागि ४० लाख र नेवा संग्रहालय निर्माणको सुरुवात गर्न २० लाख बजेट विनियोजन भएको छ । महिलामैत्री सहर, लुमन्ती परियोजना, विन परियोजना लगायत साझेदारीमा सञ्चालन हुने योजनाको लागि उपमहानगरले १ करोड बजेट विनियोजन गरेको छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्