ग्रामीण पर्यटन व्यावसायिक सहकारी संस्था लिमिटेड थाहा–३ को १६ औं वार्षिक साधारणसभा भएको छ । मकवानपुर थाहानगरको थानाबजारमा कार्यालय रहेको संस्थाको ६ मंसिरमा शिखरकोटको विकास घरमा सभा भएको हो ।
साधारणसभामा संस्थाका अध्यक्ष शिवहरि बर्तौलाले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीका शेयर सदस्यहरूका समस्या समाधानलाई प्राथमिकता दिने, बचत तथा ऋणमा समयअनुकूल ब्याजदर कायम गर्ने, पर्यटन उद्योगमा लगानी बढाउने, उत्तरी मकवानपुरका विभिन्न स्थानमा सदस्यता तथा सेवा विस्तार गर्ने र विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्ने योजना समेटिएको थियो।
सचिव प्रदिप केसीले संस्थामा हाल ७ सय ७५ सदस्य, ५७ लाख २१ हजार रुपैयाँ शेयर पुजी, १ करोड ३० लाख रुपैयाँ ऋण लगानी, ४४ लाख ११ हजार रुपैयाँ बैंक मौज्दात र ६४ लाख १४ हजार रुपैयाँ बचत निक्षेप रहेको जानकारी दिए । कोषाध्यक्ष दिपा थापा तथा लेखा समिति संयोजकले पनि आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष शिवहरी बर्तौलाको सभाध्यक्षतामा भएको सभामा पुर्व अध्यक्ष सिताराम अधिकारी, निरन्जन अधिकारीलगायत अतिथी रहेका थिए । सभाले संस्थाको विभिन्न समितिहरूलाई पूर्णता दिने प्रस्ताव पारित गरेको छ ।
सो अवसरमा सहकारीले उत्कृष्ट बचतकर्ता तर्फ थाहा–३ का श्यामकाजी गोपाली, सन्तोष केसी तथा थाहा–४ की सुष्मा राउतलाई सम्मान गरेको छ । त्यस्तै उत्कृष्ट कारोबारचर्फ थाहा–३ की शर्मीला भुजेल र शोभा कुमारी केसी, उत्कृष्ट बाल बचततर्फ थाहा–३ का आयान्स वाइवा, उत्कृष्ट विद्यार्थी बचततर्फ थाहा–४ की स्वेता अधिकारी तथा ज्येष्ठ नागरिक सम्मानतर्फ थाहा–४ का खम्बबहादुर अधिकारी र माइली अधिकारीलाई गरिएको छ ।
साधारणसभामा अध्यक्ष बर्तौलाले सहकारीलाई आणखी सक्षम, पारदर्शी र सदस्य–मैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्