हेटौंडा उपमहानगरपालिकाले बजारलाई सुन्दरता दिनका लागि सडक पेटीका सिमेन्टका कुसी राख्ने र फूलका गमला राख्ने अभियानलाई तिब्रता दिएको छ । हेटौंडाका मुख्य बजार क्षेत्रपछी अब भने पछी थपीएका वडाहरुमा पनि सडक पेटीमा कुर्सी र फूल सहितको गमला राख्ने अभियान सुरु गरिएको मेयर हरि बहादुर महतले बताए ।
हेटौंडाको बजार क्षेत्रमा फलामका कुर्सी र गमला सहितको फूल रोपेर सजाउने काम भइरहेको छ । हेटौंडा–१३ बनस्पतीमा सिमेन्टका कुर्सी र गमलासहितको फूलका विरुवा रोपिएको मेयर महतले बताए ।बजारका सडक पेटीमा रोपिएका फूलमा उपमहानगरपालिकाले गोडमेल गर्ने, पानी हाल्ने र थप सजावट गर्ने काम गर्दै आएको छ ।
कुर्सी राखेपछी बजारमा आएर काम सकेपछी थकान मेट्नका लागि थप सजिलो भएको छ । यस्तै पदमपोखरीको वनस्पतीमा कुसीहरु राखिएपछी बृद्धबृद्धाहरु खुसी भएको मेयर महतले बताए ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्