सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरगढी गाउँपालिकाको दोस्रो अधिवेशन १७ चैत्रमा भएको छ । कार्यक्रमको उद्घाटन सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष तथा बागमती प्रदेशसभाका सदस्य भारती पाठकले गरिन् ।

सामुदायिक वनले अधिवेशन गरेर कार्यसमिती चयन गर्नु मात्र नभई एउटा परिपक्व समिती निर्माण गर्ने र जुन समितिले स्थानीय सरकारसंग वनको विकास, परिवर्तन र आवश्यकता अनुसार काम गर्नुपर्नेमा जोड दिए । विधानसंग नजिक रहेर बनको मुद्दा र हक हितको आवाज बुलन्द बनाउन समन्वय गर्ने समिती पनि हो जुन समितिले युवा, महिला, दलित आदिवासी जनजाती समुहको नेतृत्व र उनीहरुको विकास र प्रवद्र्धन गरि रोजगारी, आयआर्जन संग जोडिन महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुपर्ने वताइन् ।

वनसंग नजिक रहेर बनको माटो सुहाउँदो विभिन्न अमिर्सो खेती बेसार खेती कागती खेती जस्ता खेतीबाट आम्दानी नयाँ नयाँ बाटो खोज्नु पनि यसै समितिको जिम्मेवारी रहने पाठकले बताइन् । निशुल्क स्वयंसेवक समिति पनि रहेकोले यस समितिमा रहेर स्थानीय सरकारसंग समन्वय गरि विभिन्न योजना तर्जुमा गर्नु पनि मुख्य भुमिका निबाउनु पर्ने हुन्छ यी पक्षमा मध्येनजर गरि विशेष खालको उत्साही समूह चयन गर्नुहोस साथै बनको मुद्दामा प्रदेश सरकार सधै प्रतिबद्ध रहने विश्वास दिलाइन् ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मान कुमारी पाख्रिन लगायतकाको आतिथ्यता रहेको थियो । अधिवेशनले बलराम अधिकारीको अध्यक्षतामा ४० जनाको कार्यसमिति सर्बसहमत रुपमा चयन गरिएको छ ।

पालिका प्रेस
थप जानकारी