मकवानपुरका थाहा नगरपालिका वडा नम्बर को जनकल्याण माध्यमिक विद्यालयले विद्यार्थी र स्थानीय किसानलाई गड्यौला मल उत्पादन र प्रयोग सम्बन्धि तालिम गरेको छ । किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न जैविक मल बनाउन दिएको ४ दिने कार्यशाला गोष्ठी ८ जेठमा सकिएको हो ।

किसानले खेती गर्ने समयमा मल खरिद गर्न समेत नपाएर समस्या व्यहोर्नु परेकाले अवस्थामा थाहानगर कृषि विकास शाखाको आर्थिक सहयोगमा तालिम भएको हो । विद्यालयले जैविक मल गड्यौला मल उत्पादन गरी खेतीमा उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिमको आयोजना गरेको विद्यालयका अध्यक्ष राजिव कुमार स्याङ्तानले बताए । अहिले गाउँघरमा नै उत्पादन भएका शुद्ध कृषि उपज पाउन मुस्किल भइरहेको अवस्थामा स्वस्थ जीवन बाँच्न आवश्यक अर्गानिक कृषि उत्पादनमा जोड दिन यस्ता तालिमको आवश्यकता रहेको प्रशिक्षक डाक्टर उत्तम खनालले बताए ।

कृषि बिषय समेत अध्यापन हुने विद्यालयका विद्यार्थी, कृषि समुहका सदस्यहरु, नगरमा कार्यरत कृषि प्राविधिकहरु समेत गरी ६० जनाको सहभागिता रहेको तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा गड्यौलाको मल उत्पादन गर्ने विधि सिकाइएको थियो। समापन कार्यक्रममा सहभागीको तर्फबाट कृषि प्राविधिक रोहिणी स्याङ्तानले आफुले तालिमबाट सिकेको सिपलाइ नगरको कृषि क्षेत्रको विकासमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । कार्यक्रममा अर्का सहभागी कृषिका विद्यार्थी प्रतीक रायमाझीले तालिममा सहभागी भएपछि अग्र्यानिक खेती गर्न उत्साह मिलेको प्रतिक्रिया दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक सानोभाइ कार्की, नगर थाहा नगरपालिकाका कृषि स्नातक परियोजनाका विकास वि.क., कृषि प्राविधिक राजकुमार श्रेष्ठ, प्रशिक्षक शंकर गिरी, प्रशिक्षक डाक्टर उत्तम खनाल, विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बहादुर बिष्टलगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी