मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ४ को चिउरी बैचामा चिउरीको व्रिवा रोपिएको छ । ४ नम्बर वडाध्यक्ष सागर पाण्डेको नेतृत्वमा १९ साउनमा वृक्षारोपण गरिएको हो ।

भीमफेदी गाउँपालिकामा निर्माण भैरहेको चिउरी बगैंचा रंगशालाको वरीपरी चिउरीको बिरुवा रोपिएको अध्यक्ष पाण्डेले जानकारी दिए । अध्यक्ष पाण्डेसहित वडाका पदाधिकारीहरु र अन्य स्थानीयहरुको उपस्थितिमा चिउरीको बिरुवा रोपिएको थियो । डिभिजन वन कार्यालय मकवानपुरले उक्त बिरुवा निशुल्क उपलब्ध गराएको थियो ।

उनले यस कार्यमा सहयोग गर्नुहुने सम्पुर्ण युवा दाजुभाई, आमा बुवा, दिदी बहिनी, डिभिजन वन कार्यालय लगाएत सम्पुर्ण वडा नम्बर ४ बासिन्दामा हृदयदेखि नमन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा साथ र सहयोगको अपेक्षा रहेको बताए ।

पालिका प्रेस
थप जानकारी