मकवानपुर थाहा नगरपालिकामा संचालित नगरस्तरीय नव शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन आइएमएनसीआइ कार्यक्रमको वार्षिक समिक्षा गरिएको छ । पालिकामा १३ भाद्रमा कार्यक्रमको आयोजना गरी समिक्षा गरिएको हो ।

पाँच वर्ष भन्दा मुनिका बालबालिकाहरुमा देखापर्ने मुख्य स्वास्थ्य समस्या वा रोगहरुको एकीकृत रूपमा मुल्यांकन र वर्गीकरण गरी त्यसैको आधारमा उक्त समस्या वा रोगको उपचार तथा व्यवस्थापन गर्न थाहा नगरपालिकामा संचालितमा कार्यक्रम संचालित कार्यक्रमको समिक्षा भएको हो । स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले कार्यक्रमको उद्देश्य अनुरुप पाँच बर्ष मुनिका बालबालिकाकामा देखिने रोगको उपचार तथा पहिचान गरी त्यसबाट हुने बाल मृत्युदर घटाउनु रहेकाले सुरक्षित तवरले सुत्केरी र नवजात शिशुहरुको अत्यावश्यक स्याहारमा बिशेष महत्व दिन स्वास्थ्यकर्मीलाई अनुरोध गरे ।

थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले थाहा नगरपालिकामा यस कार्यक्रम लागू भएसंगै थाहा नगरपालिकामा बालबालिकामा निमोनिया र झाडापखालाको दरमा सुधार आएको बताउदै १२ वटै वडाहरुको मुल्यांकनको आधारमा थाहा नगरपालिका भित्र नवशिशु स्याहारमा सुधार भएको र बालरोग व्यवस्थापन कार्यक्रम प्रभावकारी भएको बताए । कार्यक्रममा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर गगन कार्की, कार्यक्रम संयोजक प्रदिम्न हमाल, थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगी लगायत नगर भित्र कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्तिथि रहेको थियो ।

पालिका प्रेस
थप जानकारी