थाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तीन महिने अभियानको पहिलो चरणको लागि विस्तारित बैठक भएको छ । “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” को तयारीका लागि १३ भाद्रमा विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम भएको हो । नेकपा माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान कार्यक्रम १६ भाद्रबाट एक साथ देशभरी सुरु गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए ।

थाहा नगरपालिकाको बिस्तारित बैठकको प्रशिक्षणलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरेलले माओवादी पार्टीलाई देश र जनताको पक्षमा बनाउन तीन महिने अभियानले सहयोग पुग्ने बताउदै तोकिएको जिम्मेवारी पुरा गर्न नेताहरुलाई आग्रह गरे । उनले सरकारले गरेका राम्रा कामलाई प्रचार गर्न जनताको घरघरमा पुग्न नेताहरुलाई आग्रह गरे । नेता पोखरेलले केन्द्रि समितिले निर्देशन गरेको परिपत्रलाई कार्यान्वयन गर्न पालिका र वडा कमिटीलाई आग्रह गरेका थिए । थाहानगरमा अभियानको पहिलो चरणका कार्यक्रमहरु तयारी बैठक, भेटघाटलाई तिब्र पारिएको उपत्यका बिशेष प्रदेश उपाध्यक्ष तथा अभियानका थाहा इन्चार्ज प्रकाश चन्द्र पाण्डेले जानकारी दिए । पार्टीलाई नविकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या बढाउन सबै जन वर्गिय संगठन तथा मोर्चाका नेताहरुलाई वडा तथा टोल–टोलमा खटाईएको थाहानगर अध्यक्ष बिनोद लामाले बताए ।

विस्तारित बैठकले थाहा नगरपालिकाबाट जिल्लामा प्रतिनिधित्व गर्ने नेताहरुलाई थाहाको १२ वटै वडामा जिम्मेवारी तोकेको छ । वडा नम्बर १ मा जिल्ला समन्वय समिती सदस्य जयराम रायमाझी, वडा नम्बर २ मा बिष्णु बिष्ट आदर्श, वडा नम्बर ३ मा तारा सिन्तान, वडा नम्बर ४ मा अरुण रायमाझी, वडा नम्बर ५ मा सुवर्ण गोपाली, वडा नम्बर ६ मा कृष्ण कार्की, वडा नम्बर ७ मा सनम सिं मोक्तान, वडा नम्बर ८ मा विनायक गोले, वडा नम्बर ९ मा प्रलोक पाण्डे, वडा नम्बर १० मा लक्ष्मण बिष्ट, वडा नम्बर ११ मा बिनोद लामा र वडा नम्बर १२ मा मंगल बहादुर तामाङलाई जिम्मेवारी तोकिएको छ । पार्टीका जबज मोर्चा र वाइसीएललाई त्यही अनुरुपको जिम्मेवारी तोकिएको छ । माओवादी थाहाले वडा कमिटीमा रहेका नेता तथा कार्यकर्तालाई अभियानमा हुने बैठक, भेला, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सहभागी हुन अनुरोध समेत गरेको माओवादी थाहानगरले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी