हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ ले भदौ वडामा आउने सेवाग्राहीलाई निःशूल्क फोटोकपी सेवा प्रदान गर्न सुरु गरेको छ । यसअघि वडामा आउने सेवाग्राहीहरुले निवेदन फोटोकपी लगाएतको सेवा लिदा नजिकको पसलबाट शुल्क तिर्नुपर्ने बाध्यता थियो । फोटोकपी निवेदन लगाएतका सेवा १३ भाद्रबाट निःशूल्क गरिएको वडा अध्यक्ष सुनिल मुक्तानले जानकारी दिए ।
आफ्नो वडा हेटौंडा उपमहानगरपालिका भित्रका वडा भएनी भौगोलिक हिसाबले निकै विकट र ठूलो भुभागमा फैलिएको वडा भएकोले टाढाबाट महँगो अटो भाडा तिरेर आउन गर्ने र फेरि वडामाको सेवा लिदा निवेदन फोटोकपी लगाएतको पैसा तिर्र्दा नागरिक मारमा परेकोले आफुले फोटोकपी निवेदन लगाएत निःशूल्क सेवाको व्यवस्था गरेको बताए । मुक्तानका अनुसार ‘वडाकै एक जना कर्मचारीलाई निवेदन फोटोकपी लगाएतको सेवाका लागि जिम्मा दिइएको छ ।’ वडामा सेवा लिन आएका सेवाग्राही प्रकाश पुडासैनीले वडाले सेवाग्राहीलाई निशुल्क सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरे उनले थोरै थोरै पैसा गर्दा पनि एउटा सिफारिस लिदा निकै पैसा जाने कुराको अन्त्य भएकोमा अध्यक्षलाई धन्यवाद दिए । उनले फोटोकपी र निवेदनको पैसा नपर्दा त्यो पैसाले चिया खाजा खाएर घर जान पाउने भन्दै खुसि व्यक्त गरे ।
यसअघि मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ३, ४, ९ र ११ ले पनि यस्तो सेवा शुरु गरेका थिए ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्