• शम्भु अधिकारी

मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा कृष्णाष्टमीको अवसरमा विविध कार्यक्रम हुने भएको छ । शिखरकोटमा पहिलेबाटै संचालन हुँदै आउको घैटो फुटाउने प्रतियोगिताको साथै लिटिल राधाकृष्ण र लिटिल लाखे प्रतियोगिता समेत हुने भएको छ । थाहानगरको इन्द्रायणी र बज्रवाराही माइको जात्रापछिको धेरै दर्शक हुने यस पर्वमा अघिल्ला वर्षहरुमा जस्तै सय विविध प्रतियोगिता हुने भएको हो ।

वि.सं. २०५४ सालदेखि निरन्तर रुपमा शिखरकोट बजार ब्यबस्थापन समिती, शिखर क्लबको आयोजना तथा गोपाली गाउँको नेवारी समुदायकोे साँस्कृतिक सहयोगमा आयोजना हुँदै आइरहेको २३ औं घैटो फुटाउने जात्रा भब्य र सभ्य रुपमा सम्पन्न गर्न १४ भाद्रमा भएको बैठकले मेला व्यवस्थापन उपसमितिहरु समेत गठन गरिएको छ । जात्राका अवसरमा यो वर्ष घैटो फुटाइ र लिटिल राधाकृष्ण प्रतियोगिताको साथै लिटिल लाखे नाच प्रतियोगिता, तामाङ समुदायको ढ्याग्रो नाच प्रदर्शनी, गोपाली तथा पालुङको धिमे बाजा सहित लाखे नाच समेत प्रदर्शन गरिने शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । सो अवसरमा महिला पञ्चेबाजा र महिला खैचेडी भजन सहित विविध नृत्य र सांस्कृतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

मेला तथा कार्यक्रम व्यवस्थापन गर्नको निम्ति आयोजक बजार व्यवस्थापन समिती र शिखर क्लबको १३ भाद्रको संयुक्त बैठकले विभिन्न जिम्मेवारी समेत तोकेको छ । कार्यक्रमका लागि विभिन्न १८ विषयगत जिम्मेवारी सहितको उपसमिति गठन गरिएको छ । २० भाद्रमा कृष्ण मन्दिरमा पुजाआजा सहित लिटल राधाकृष्ण प्रतियोगितासहित लिटल लाखे, धिमे बाजा र तामाङ ढ्याग्रोे झाँकीसहित पालुङको महिला पञ्चेबाजा र किटेनीको महिला खैचडी भजनको प्रदर्शनी गरिने कार्यक्रम तालिका रहेको छ । २१ भाद्रमा डान्सको भरपुर स्टेज कार्यक्रम सहित दिउँसो १ बजेबाट घैटो फुटाउने प्रतियोगिता हुने छ भने त्यसलगतै श्रीकृष्णको रथ यात्रा प्रारम्भ भै जात्रा समापन गरिने बजार व्यवस्थापन समितिको अध्यक्ष मनोज रायमाझीले जानकारी दिए ।

रायमाझीका अनुसार–‘लिटिल राधाकृष्ण प्रतियोगितामा नाम दर्ता गर्न निशुल्क हुने तथा नाम दर्ता गराउनको निम्ति फोन न ९८५५०७२५३३ र ९८१८७२७९२८ मा सम्पर्क गर्न सकिने छ ।’

उपसमितिहरूः

पालिका प्रेस
थप जानकारी