यस वर्ष २०८० मा ‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ भन्ने नाराका साथ राष्ट्रिय पुस्तकालय दिवस १५ भाद्रमा मनाइदै छ । यो १६ औं पुस्तकालय दिवस हो । स्थानीय सरकार संचालन ऐन २०७४ ले वडाले गर्ने कार्यमा पुस्तकालय, वाचानालय, सामुदायिक सिकाइ केन्द्रलयायतका तोकिदिएको छ । तर यसतिर कत्तिको ध्यान गयो समीक्षा गर्न जरूरी छ ।
यस वर्षको सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस, २०८० मनाउन गठित मूल आयोजक समितिले दिवसलाई रचनात्मकरूपमा मनाउन प्रदेश र स्थानीय तहसहित सम्बन्धित निकायलाई पत्राचार गरेको छ । यद्यपि स्थानीय तहको जागरुपता प्रायः शुन्य छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका तथा थाहानगरका गाउँगाउँमा रहेका पुस्तकालय बन्द छन्, मुस्किलले खुलेकाहरु पनि सक्रिय छैनन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा २२ साउनमा गठित समितिले आदर्श वाक्य अर्थात नारा गरी दिवसको तयारीलाई तीव्र बनाएको छ । सर्कुलर पालिकाहरुसम्म आएको पनि छ तर सक्रियता छैन । मन्त्रालयका उपसचिव, पुस्तकालय समन्वय तथा अभिलेख शाखाका प्रमुख एवं मूल समारोह समितिका सदस्यसचिव यादवचन्द्र निरौलाका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई दिवस मनाउन पत्राचार गरिएको छ । संघीय सरकारले दिएको निर्देशन टेर्छ टेर्दैन, १५ भाद्रको पुस्तकालय दिवस कसरी मनाउँछ त्यो हेर्ने बाँकी छ ।

नेपालमा औपचारिकरूपमा वि.सं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गरी यो दिवस मनाउन थालिएको हो । तत्कालीन राजा गिर्वाणयुद्ध वीरविक्रम शाहले वसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि सदनपत्र जारी गरी पुस्तकालयको स्थापना भएको थियो ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्