पछिल्लो एक महिनामा झण्डै साढे ९ हजार पर्यटक नेपाल आएका छन् । योसँगै सन् २०२३ को ८ महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ६७ हजार १५३ पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ । गत महिना ५७ हजार ७२६ जना पर्यटक नेपाल आएका थिए । गतवर्ष यसैअवधिमा जम्मा ४१ हजार २०४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यस अवधिमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिका बाट धेरै पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । यस अवधिमा नेपाल भ्रमण गर्ने भारतीयको संख्या २६ हजार ६६५ रहेको छ । चीनबाट ५ हजार २७ जना र अमेरिकाबाट ४ हजार ६२९ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

श्रीलंकाबाट ३ हजार ८५८ जना पर्यटक नेपाल भित्रिदा बंगलादेशबाट ३ हजार १९० जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । बेलायतबाट २ हजार ७११ जना पर्यटक नेपाल आएका छन् भने स्पेनबाट १५ सय ८८ जना पर्यटक नेपाल आएका छन् ।

यस्तै जापानबाट १५ सय २०, इटालीबाट १४ सय ९६ र अष्टे«लियाबाट १३ सय ४७ जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी