नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भैरहँदा उत्पन्न समस्याका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन् । १५ भाद्रमा सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव शर्माले मुलुकको संघीय राजधानी काठमाडौंसँग सम्पूर्ण देश जोड्ने पृथ्वी राजमार्ग र मुग्लिन– नारायणघाट सडक खण्डमा पटक–पटक समस्या आईरहेको बताउँदै यसले दैनिक यात्रा गर्ने देशभरका आम नागरिक र नेपाल घुम्न आउने विदेशी पर्यटकले कठिनाई भोग्नुपरेको बताएका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग परियोजना बनाउने घोषणा गरेका तत्कालीन अर्थ मन्त्री शर्माले सो परियोजनाको सम्भाव्यता अध्ययन सकिएको जानकारी पनि दिएका छन् । अध्ययन अनुसार सो द्रुत मार्गको कुल लम्बाई ९६.५० कि.मी हुनेछ । जसमा सुरुङको कुल लम्बाई २९.८० किलोमिटर तथा पुलको लम्बाई ९.५३० किलोमिटर हुने प्रक्षेपण गरिएको छ ।

३.५० मिटर चौडाइ भएको चार लेनको सो सडकमा ५६ वटा कलभर्ट, २.५० मिटर चौडाइको पेभ सोल्डर रहने सो द्रुत मार्गको डिजाइन गति ८०–१२० कि.मी प्रति घण्टा रहनेछ जसअनुसार चन्द्रागिरिबाट थाहानगर हुँदै चितवनसम्म यात्रा गर्न ५७ मिनेट लाग्नेछ ।

पूर्व अर्थमन्त्री शर्माले आधुनिक प्रविधि प्रयोग गरेर नारायणघाट–काठमाडौंं द्रुतमार्ग निर्माण गरेर एक घण्टामा यात्रा गर्न सकिने अध्ययनले देखाएको बताउँदै शर्माले सो मार्गलाई कालिगण्डकी किनार हुँदै पाल्पाको रामपुरसम्म र त्यँहावाट बुटवल र पोखरातर्फ पनि सुरुङमार्ग निर्माण गरेर लुम्बिनी–नारायणघाट– काठमाडौं २ घण्टामा, लुम्बिनी–पोखरा १ घण्टामा तथा पोखरा–नारायणघाट–काठमाडौंं दुई घण्टामै यात्रा गर्न सकिने धारणा राखेका छन् ।

शर्माले लेखेको स्टाटसः

पालिका प्रेस
थप जानकारी