दार्चुलाको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेको रामेछाप सरूवा भएको छ । नेपाल सरकारका उपसचिव घिमिरे गत जेठ महिनामा मात्रै महाकाली नगरपालिका दार्चुलामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आउनुभएको थियो । उहाँको तीन महिनामै सरूवा भएको हो ।

लोकसेवा आयोगका कक्षा समेत सञ्चालन गर्दै आएका घिमिरे रामेछाप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा सरूवा भएको बताइएको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सुरूमा पाउनै गाह्रो, पाएपनि टिकाउनै मुस्किल देखिएको छ । अहिलेपनि दार्चुलाको दुइवटै नगरपालिका (महाकाली र शैल्यशिखर) सहित नौँमध्ये चार वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन रहेका छन् ।

पालिका प्रेस
थप जानकारी