फोटोः पालिका डिजिटल अर्काइभ ।

मकवानपुर थाहानगरको ३ नम्बर वडाको घट्टेचौरमा वर्षेनी मनाइने हिलेजात्रा आज १६ भदौमा परेको छ । जनकल्याण माविकाु आँगनमा हुने जात्रा वर्षैपिच्छे मनाइन्छ ।

हिलेजात्रामा खेतीपाती, देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको परम्परागत नृत्य, लाखे नाच, रोपाइँ अभिनय र प्रहसन हुन्छ । थाहा–२ को पालुङको नेवार वस्ती, देउला वस्ती, थाहा–३ को गोपाली बस्ती, थाहा(१ ओखरबजार लगायतका स्थानबाट जात्रा निकालेर घट्टेचौरमा देखाउने चलन रहेको छ ।

राजा गुणकामदेवको पालादेखि शुरु भएको यो जात्रा सामाजिक अध्ययनका विद्यार्थीहरुको लाग एक अवसरको रुपमा रही आएको छ । पहिले जात्रामा पसलहरु राख्ने गरेको भए पनि अहिले बढ्दो शहरीकरण र खुल्ला बजारको कारण यो प्रचलन कम हुँदै गएको छ ।

पालिका प्रेस
थप जानकारी