मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले नयाँ नियुक्त भएका शिक्षकहरुका लागि सूचना जारी गरीको छ । पालिका अन्तर्गतका विद्यालयहरुमा शैक्षिक सत्र २०८० मा नियुक्त भएका शिक्षकहरुलाई सिट्रोल नम्बर बुझाउन सुचना जारी गरेको छ ।

शिक्षकहरुलाई १७ भाद्रसम्म पालिकामा सिट्रोल नम्बर बुझाउन अनुरोध गरिएको शिक्षा अधिकृत धर्मानन्द पन्तले जानकारी दिए । सिट्रोल नम्बर नबुझाएमा तलबी विवरण पारित गर्न नसकिने अधिकृत पन्तले बताए । पालिकाबाट तलबी विवरण पारित नभएमा तलब भुक्तानी गर्न नसकिने कानूनी व्यवस्था रहेको छ ।

पालिका प्रेस
थप जानकारी