यादवजंग रायमाझी

मकवानपुर जिल्ला ब्याडमिन्टन संघको जिल्ला सदस्यमा थाहा नगरपालिकाका यादवजंग रायमाझी सदस्य पदमा चुनिनु भएको छ । १६ भाद्रमा हेटौँडामा भएको एक भेलाले ध्र्रुवप्रसाद घिमिरेको अध्यक्षतामा गठित २० सदस्यीय कार्यसमितिमा थाहानगरका रायमाझी पनि चुनिएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा विजय सिंह ठकुरी, उपाध्यक्षमा माधवी बोस, सुरेन्द्र प्रधान र देवबहादुर घिमिरे, सचिवमा प्रल्हाद उप्रेती, कोषाध्यक्षमा बिरु गुरुङ र सह–कोषाध्यक्षमा सगुन स्याङ्तान चयन भएका छन् । यस्तै सदस्यमा केवलराज बानियाँ, सन्तोष कुमार क्षेत्री, दीपक सिंह बुढाथोकी, यादवजंग रायमाझी, भुवन थापा, कुमार गोले, विक्रम सिं लामा, जीवन ठकुरी, नरेन्द्र मोक्तान, नवराज राई, रमेश रेग्मी र गुणबहादुर घलान चयन भएका हुन् ।

संघका सल्लाहकार हिरालाल श्रेष्ठको अध्यक्षतामा भेला भेला भएको हो ।

पालिका प्रेस
थप जानकारी