नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियानको मकवानपुर थाहा नगरपालिकामा पनि शुभारम्भ गरिएको छ । पाटीको १३ भाद्रमा विकास घर शिखरकोटमा बसेको विस्तारित बैठकले तोकेको जिम्मेवारी अनुसार पार्टीका जिल्ला नेताहरुले पालिकाको १२ वटै वडामा विभिन्न सामाजिक कामसंगै रुपान्तरण अभियानको शुभारम्भ गरेको माओवादी थाहानगरले जनाएको छ ।
‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ नाम दिई शुरु गरिएको अभियानमा पाकापुस्तालाई सम्मानदेखि सरसफाई जस्ता सामाजिक काम गर्दै अभियानको शुभारम्भ गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरका सदस्य जयराम रायमाझी अभियानको नेतृत्व गरेका वडा नम्बर १ मा अन्तरक्रिया कार्यक्रम भएको छ । वडा नम्बर १ का जनवर्गिय मोर्चा र वडाकमिटीबीच अन्तरक्रिया भएको हो । बागमती प्रदेश सचिवालय सदस्य विष्णु विष्ट ‘आदर्श’ले नेतृत्व गरेको २ नम्बर, कृष्ण कार्कीले नेतृत्व गरेको ६ नम्बर वडा, मंगल बहादुर मोक्तानले नेतृत्व गरेको वडा नम्बर १२ मा पार्टीमा आवद्ध कार्यकर्ता तथा युवाहरुबीच अन्तक्रिया कार्यक्रम गरेको छ ।
त्यस्तै माओवादी नेता तारा सिन्तानले नेतृत्व गरेको वडा नम्बर ३, अरुण रायमाझीले नेतृत्व गरेको वडा नम्बर ४, सनमसिंह मुक्तानले नेतृत्व गरेको वडा नम्बर ७, लक्ष्मण विष्टले नेतृत्व गरेको वडा नम्बर १० र बिनोद लामाले अभियानको नेतृत्व गरेको वडा नम्बर ११ मा ज्येष्ठ नागरिक सम्मान गरेर अभियानको शुभारम्भ गरिएको छ भने १० नम्बर वडामा सरसफाई कार्यक्रम समेत गरिएको छ । त्यसैगरी सुवर्ण गोपालीले अभियानको नेतृत्व गरेको वडा नम्बर ५, विनायक गोलेले नेतृत्व गरेको वडा नम्बर ८ मा शहीद परिवारलाई सम्मान गरेर अभियानको शुभारम्भ गरिएको छ भने प्रलोक पाण्डेले अभियानको नेतृत्व गरेको वडा नम्बर ९ मा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेर माओवादी थाहानगरले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ शुरु गरेको जनाएको छ ।





















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्