मकवानपुरको चित्लाङको मदन भण्डारी विश्वविद्यालयले सोलार मार्फत उत्पादन गरेको बिजुली पालुङ वितरण केन्द्रको विद्युत प्रणलीमा जोडिएको छ ।
पालुङ वितरण केन्द्रको कार्य क्षेत्र अन्तर्गत थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङ स्थित मदन भण्डारी विश्वविद्यालय परिसरमा जडान गरिएको ५ सय किलोवाट क्षमताको सोलार प्रणालीबाट उत्पादित बिजुली नेट मिटरिङको माध्यम मार्फत पालुङ वितरण केन्द्रको ११ के भि सिस्टममा जडान भएको पालुङ वितरण केन्द्रका प्रमुख विरमान रास्कोटीले जानकारी दिए ।
पालुङ वितरण केन्द्रको प्रणालीमा जोडिएपछि वितरण केन्द्रको विद्युत सप्लाईमा सुधार हुने तथा प्राविधिक चुहावट समेत कम हुने पनि प्रमुख रास्कोटीले बताए ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्