थाहा नगरपालिका वडा नम्बर २ का ज्येष्ठ नागरिकहरुला सम्मान गरिएको छ । वडास्तरीय जेष्ठ नागरिक समितिको आयोजना तथा थाहानग्को २ नम्बर वडा कार्यालयको सहयोगमा कार्यक्रम भएको हो ।

वडास्तरीय जेष्ठ नागरिक समितिका संयोजक बिष्णु बहादुर थापाको सभाध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख बिष्णु बहादुर बिष्ट रहेका थिए । कार्यक्रममा नगर प्रमुख विष्टले ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए । सो अवसरमा प्रमुख बिष्टले जेष्ठ नागरिकलाई ससम्मान बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताए । ‘उमेर हुँदासम्म श्रममा खर्चने नागरिकलाई उमेर पुगेपछि बाँच्न आधारको व्यबस्था राज्यले गर्नुपर्छ’–विष्टले भने । कार्यक्रमका वक्ताहरुले ज्येष्ठ नागरिकको माया र सम्मान सबैले गर्नुपर्ने उल्लेख गरेका थिए । वक्ताहरुले ज्येष्ठ नागरिकहरुलाई कसरी खुशी दिन सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा वडा भित्रका १ सय ५ जना जेष्ठ नागरिकको उपस्तिथि रहेको थियो । कार्यक्रममै १ सय १ वर्षिया वृद्धा मिनकुमरी बस्नेत, समाजसेवी सिताराम बिष्ट र हर्क बहादुर सिङ्तानलाई दोसल्ला सहित सम्मानित गरिएको थियो। कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष बम बहादुर सिन्तान, थाहा नगरस्तरीय ज्येष्ठ नागरिक मञ्चका संयोजक ईश्वर बहादुर कार्की, वडा सदस्यहरु, वडास्तरीय ज्येष्ठ नागरिक समितिका सदस्यहरुलगायतका उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी