मकवानपुरको राक्सिराङ गाउँपालिकाले दसैंको मुखमा गाउँगाउँ पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । भत्ता बितरणको समयतालिका नै बनाएर सेवा दिन गाउँगाउँ पुगेको हो । सोमबार बिहानै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको टोली वडा नम्बर ९ को जनतालाई भत्ता बितरण गर्न पुगेको थियो । राक्सिराङ–९ को अठारे बस्ने ९१ बर्षीया बृद्धा गौरी सुनारलाई जेष्ठ नागरिकले प्राप्त गर्ने रकम ३ महिना बराबरको रकम हस्तान्तरण गर्दै औपचारिक उद्घाटन गरिएको थियो ।

त्यस्तै राक्सिराङ–९ राजाराङ बस्ने अशक्त बृद्धा फूलमाया प्रजालाई गाउँपालिका अध्यक्ष मल्लले भत्ता हस्तान्तरण गरे । हिड्न नसक्ने अवस्थामा उनका छोरा कमलबहादुर प्रजाले बोकेरै भत्ता बितरण गर्ने स्थान वडा नम्बर ९ को वडा कार्यालयमा ल्याएका थिए । भत्ता लिनकै लागि हजारौं रुपैयाँ खर्च हुनबाट जोगिएको भन्दै फूलमाया प्रजाका छोराले खुशी ब्यक्त गरे । आमाको बृद्धभत्ता के गर्नुहुन्छ भन्ने प्रश्नमा आएको पैसाले आमाको उपचार गर्छु भनेर प्रतिक्रिया दिए । सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै प्राप्त गरेपछि अधिकांश बृद्धबृद्धाले आउँदो दिनहरुमा पनि यसैगरी प्राप्त गर्न पाए धेरै राम्र हुने भन्दै आफ्ना जनप्रतिनिधिसँग गुनासो ब्यक्त गरेका थिए ।

भुगोलको आधरमा अझैसम्म पनि राज्यको हरेको सेवासुबिधा जनताको घरघर वा टोलमा पु¥याउन नसकेको तर, चाडपर्वमा भएपनी उहाँहरुलाई दुःख नहोस् भनेर पालिकाको विभिन्न वडालाई केन्द्रमा राखेर भत्ता बितरण गरिएको मल्लले बताए । वडाअध्यक्ष रामकुमार थिङले चाडबाडमा चैनपुर पुग्नु धेरै समस्या हुने भएकोले वडामा आएर भत्ता वितरण गरिएको बताए । अशक्त एकल महिलालाई खाद्यान्नको प्याकेज हस्तान्तरण गरिएको थियो । खाद्यान्न प्याकेजमा चामल, तेल, दाल र नुन बितरण गरिएको हो । युवालाई खेलकुदका सामग्री हस्तान्तरण गरिएको छ । ग्लोबल आईएमई बैंक चैनपुरमार्फत् पालिकाले आफ्ना नागरिकलाई सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आईरहेकोछ । स्थानीयस्तरमा रकम वितरण गर्दैगर्दा ढुक्क भएर बिना कुनै बाधाअबरोध भत्ता वितरण गर्न सकेकोमा ग्लोबल आईएमई बैंक चैनपुर शाखाप्रमुख रबिन्द्र कालाखेतीले पालिका, वडा र सुर क्षाकर्र्मीलाई धन्यवाद दिए ।

१ सय २० जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेको शाखाका प्रमुख कालाखेतीले जानकारी दिए । ९ नम्बरको भत्ता बितरण खैराङ वडा कार्यालयमा गरिएको थियो भने बाँकी वडाको बैंकको शाखाबाट बितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौलाले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी