हेटौैंडा अस्पतालमा असोज महिनामा मात्र १९ वर्ष मुनिका ३३ जना गर्भवती किशोरीले सुत्केरी सेवा लिएका छन् । हेटौंडा अस्पतालमा असोज महिनामा ३ सय ५८ जना गर्भवती सुत्केरी भएका मध्ये किशोरी आमाहरु ३३ जना रहेको अस्पतालका मेडिकल रेकर्डर राजीव झाले जानकारी दिए । मेडिकल रेकर्डर झाका अनुसार ३ सय ४५ जना मध्ये १२ जनाको गम्भीर अवस्थामा बच्चा निकाल्नु परेको थियो । यस्तै, २ सय ४२ जनाको सामान्य अवस्था रहँदा १ सय ४ जनाले शल्यक्रिया गरी बच्चा जन्माएका थिए । हेटौंडा अस्पतालमा एक महिनामा १ सय ७२ बालिका र १ सय ९० बालक गरी ३ सय ६२ जनामा जन्म लिएका छन् ।

हेटौंडा अस्पतालका स्त्री तथा प्रसुती स्वास्थ्य विशेषज्ञ डाक्टर राम काजी महर्जनका अनुसार किशोरावस्थामा गर्भवती हुनुका धेरै कारणमध्ये मुख्य कारण सामाजिक सञ्जालको दुरुप्रयोग रहेको छ । सामाजिक सञ्जालको प्रयोग गर्दै जाँदा किशोरावस्थामा प्रेम सम्बन्धी स्थापित हुने गरेको छ । प्रेम सम्बन्धपछि भागी विवाह गर्ने क्रम बढेसँगै किशोरावस्थामै गर्भवती हुने र सन्तान जन्माउने अवस्था रहन्छ ।

हेटौँडा अस्पतालसँगै मकवानपुर जिल्लाका अन्य स्वास्थ्य संस्था तथा प्रसुती सेवा उपलब्ध हुने स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा पनि गर्भवती किशोरीले प्रसुती सेवा लिने गरेका छन् । हरेक महिना किशोरीहरु जोखिमपूर्ण अवस्थामा गर्भवती हुने र सन्तान जन्माउने विषयमा समाचार प्रकाशन हुँदा स्थानीय, प्रदेश सरकार र नागरिक समाजको समेत ध्यान पुग्न सकेको छैन । २० वर्षभन्दा कम उमेरमा केटा र केटी दुबैको विवाह गैरकानुनी हुने भनिए पनि व्यवहारमा भने कानुन कार्यान्वयन हुन सकेको छैन ।

पालिका प्रेस
थप जानकारी