मकवानपुरको थाहा नगरपालिकाले विभिन्न स्थानका बजार अनुगमन भएको छ । पालिकाले दशै अघिदेखि नै अनुगमनलाई तिब्रता दिएको हो । बजारमा म्याद गुज्रिएका सामानहरु बिक्री बितरण हुन सक्ने अवस्थालाई मध्येनजर गरे उपभोक्ताहीतका लागि अनुगमनलाई तिब्रता दिएको हो । नगरपालिकाले १६ र १७ कात्तिकमा नगरपालिकाको शिखरकोट क्षेत्रका पसलहरु अनुगमन गरेको छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएको सामान जफत गरिएको र त्यस्तो सामान बिक्री नगर्न सचेत गराइएको अनुगमन समितीका सदस्य उमेश श्रेष्ठले बताए । उनका अनुसार खाद्य सामाग्रीमा म्याद हेर्ने सचेतता उपभोक्तामा बढेको भएपनि सौन्दर्य सम्बन्धी सामानमा म्याद गुज्रिएको पाइएको जानकारी दिए । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बजार अनुगमनमा आम उपभोक्ताको अपेक्षा अनुसार नभए पनि विगतको तुलनामा सुधार भएको दाबी गरे । प्रशासकीय अधिकृत गिरीले स्वयम् उपभोक्ता सचेत हुनुपर्ने बताए । उनले बजार अनुगमनले मात्रै आम उपभोक्ताले चाहे जस्तो सुधार गर्न नसकिने उल्लेख गर्दे सामान किन्दा उपभोक्ताले मूल्य, उपभोग्य मिति हेर्ने लगायतको कार्य गर्नुपर्ने प्रतिक्रिया दिए ।

नगरपालिकाले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीमाथि कडाइ सुरु गरेको जनाएको छ । थाहानगरका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिले पनि बजार अनुगमनलाई खुद्रा पसलमा केन्द्रित गरेको छ । उपभोक्ता ठग्ने ठूला व्यवसायलाई कडाइकासाथ अनुगमन गर्नुपर्ने तथा स–साना व्यवसायमा मात्र अनुगमन केन्द्रित नगर्न स्थानीय व्यापारीको भनाइ रहेको छ ।

पालिका प्रेस
थप जानकारी