वर्षाका कारण जिरीमा जारी भलिबल च्याम्पियनसिप प्रतियोगिताको फाइनल खेल प्रभावित भएको छ । खेल शुरु हुनुअघि वर्षा शुरु भएको र नरोकिएकोले अब फाइनल खेल भोलि १९ कात्तिकमा हुने खेलस्थलबाट अनिल लामिछानेले जानकारी दिए ।

फाइनल खेल थाहा नगरपालिका र भरतपुर महानगरपालिकाबीच हुँदैछ । सेमिफाइनलमा लिखु तामाकोशीलाई हराउँदै थाहा फाइनलमा पुगेको हो भने गोकुलगंगा गाउँपालिकालाई पराजित गरेर चितवनको | भरतपुर महानगरपालिका फाइनलमा पुगेको हो ।

थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली, थाहा नगर खेलकुद विकास समिति सदस्य राजकुमार बलामी, सामाजिक बिकास शाखा प्रमुख अनिल | लामिछाने अहिले जिरीमै छन् ।

पालिका प्रेस
थप जानकारी