नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार रामेछापको मानेडाँडा, दाङको राप्ती, मकवानपुरको चित्लाङ र स्याङ्जाको आँधीखोलामा प्याराग्लाइडिङ जोन तोकिएको छ । यि ४ स्थान नेपालमा थप प्याराग्लाइडिङ जोन तोकिएको हो ।

यसमध्ये केही जोनमा व्यवसायिक उडान समेत सुरु भइसकेको छ । चित्लाङमा चन्द्रागिरिबाट प्याराग्लाइडिङ थालिएको छ । प्राधिकरणले अनुमति दिएको स्थानमा मात्र यस्ता साहसिक गतिविधि गर्न पाइन्छ । पोखराबाट सुरु भएको यो साहसिक खेल पछिल्लो समय देशव्यापी विस्तार भइरहेको छ ।

पालिका प्रेस
थप जानकारी