मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ ले प्रकाशन गरेको एउटा सूचना अहिले साामजिक सञ्जालमा भाइरल भएको छ । वडा कार्यालयले १३ मंसिरमा प्रकाशन गरेको सार्वजनिक जग्गा संरक्षण सम्बन्धी ३५ दिने सूचना भाइरल भएको हो ।

वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीद्वारा हस्ताक्षरित सूचनामा थाहा नगरपालिकाको वडा नम्बर ३ को क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षणका लागि प्रयोग भैरहेको जग्गा ३५ दिन भित्र खाली गर्न भनिएको छ । वडामा रहेको धार्मिक, सामाजिक महत्व बोकेको सार्वजनिक जग्गा नापजाँच गरी संरक्षण गर्ने भएकोले भोग चलन गरी बसोबास गरिरहेको भएपनि खाली गर्न सूचनामा भनिएको छ । सूचनामा ३ नम्बर वडाको कुवाडाँडा, मर्किनडाँडा भैरवथानदेखि मैनाचौर र थानाबजारको इलाका प्रहरी चौकी पछाडीको क्षेत्रलाई लक्षित गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, को दफा १२ मा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी अधिकार वडा कार्यालयलाई रहेको छ । ऐनको दफा १२ (ख) को अधिकार प्रयोग गरी वडा कार्यालयले यस सम्बन्धी कार्य गरेको जनाइएको छ । वडा क्षेत्रको सार्वजनिक पर्ती जग्गा संरक्षण गर्नू कानून संवत अधिकार भएको बताउँदै स्थानीयहरुले वडाध्यक्षको कदमको खुलेर स्वागत गरेका छन् ।

सूचना