थाहा नगरपालिकाका ७ किसान विभिन्न सातै विधामा उत्कृष्ट भई पुरस्कृत भएका छन् । मकवानपुर थाहा नगरपालिकामा १४ मंसिरबाट शुरु भएको थाहा महोत्सवमा गरिएको कृेषि मेला प्रदर्शनीमा सहभागी मध्ये ७ विधामा किसानहरु पुरस्कृत भएका हुन् ।

प्रदर्शनीमा सहभागी १ सय २५ किसानहरु मध्ये सात विधामा प्रथम, द्वितीय र तृतीय घोषणा गरी नगद पुरस्कार वितरण गरिएको थाहा नगरपालिका कृषि विकास शाखा प्रमुख सञ्जय तिवारीले जानकारी दिए । प्रदर्शनीमा राखिएका तरकारी मध्ये काउली तथा जरे तरकारी, फलफूल समूहको तरकारी बाली, कन्दमूल बाली, फलफूल बाली, आलु बिउ, अन्न बाली र अन्य विधाका तीन/तीन जनाका दरले पुरस्कार दिइएको हो ।

प्रतियोगिताका विजयस्ीहरुलाई थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् । सर्बै बाली समूहमा क्रमशः प्रथम हुनले २ हजानर, ितीयले १हजार चारसय र तृतीय हुनेले १ हजार नगद पुरस्कार पाएका हुन् । थाहा नगरपालिका कृषि विकास शाखाको आयोजनामा पुरस्कार वितरण कार्यक्रम भएको हो। कार्यक्रममा थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख नविन खालिङ राई, कृषि शाखा प्रमुख सञ्जय तिवारी, कृषि अधिकृत विकास सुनार, शाखा तथा वडा कार्यालयहरुमा कार्यरत कृषि प्राविधिकहरुको सहभागिता रहेको थियो ।

 

पालिका प्रेस
थप जानकारी