मकवानपुरको थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि आयोजित फोटो प्रदर्शनीमा उत्साहजनक सहभागिता देखिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा यहि २० र २१ पौषमा आयोजित ‘थाहा पर्यटकीय फोटो प्रदर्शनी’ मा ९ हजार बढिले अवलोकन गरेको थाहा फोटो प्रदर्शनीका संयोजन गर्ने फरक सोच अभियानका अध्यक्ष यादवजंग रायमाझीले जानकारी दिए । संयोजक रायमाझीले भने–‘आफ्नै जिल्लामा समेत फोटो प्रदर्शनीमा अवलोकनकर्ताहरु चासो निकै उत्साहजनक देखिनू थाहाको पर्यटन प्रवद्र्धनका लागि खुशीको कुरा हो ।’

हेटौंडाको मुख्य बजारमा प्रदर्शनीमा राखिएको फोटोहरु मकवानपुर जिल्लाका पालिकाहरुका नागरिकका साथै काठमाण्डौ, धादिङ, चितवन, विरगञ्जका व्यक्तिहरुले समेत अवलोकन गरेका थिए । हेटौंडामा विभिन्न कामको शिलशिलामा आएका उनीहरुले फोटो प्रदर्शनी समेत अवलोकन गर्दा खुशी व्यक्त गरे । उनीहरुले घुमफिरमा चासो हुनेहरुका लागि थाहानगर राम्रो क्षेत्र भएको फोटो प्रदर्शनी पश्चात् प्रतिक्रिया दिएका थिए । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले थाहानगर प्राकृतिक छाँटाले भरिपूर्ण हुँदाहुँदै कतिपय क्षेत्रको प्रचारप्रसारमा कमी हुन गएका कुराहरुलाई फोटो प्रदर्शनीले सहयोग मिलेको बताइन् । प्रदर्शनमिा राखिएको फोटोहरु अवलोकन पश्चात् मन्त्री मोक्तानले पर्यटककलाई आकर्षण गर्न थाहा नगरपालिकाको आयोजनामा अरु विभिन्न संस्थाले गरेको संयोजन र सहकार्यको प्रशंसा गर्दै लुकेर बसेका सौन्दर्यतापूर्ण फोटो कैद गर्ने फोटोग्राफरहरुलाई धन्यवाद दिइन् ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले फोटो प्रदर्शनीले साँस्कृतिक, प्राकृतिक र विभिन्न ऐतिहासिक सम्पदाको संरक्षणमा सघाउ पुग्ने प्रतिक्रिया दिए । स्थानीय तहको यस किसिमको अग्रसरताप्रति खुशी व्यक्त गरे । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, पूर्व समन्वय प्रमुख रघुनाथ खुलाललगायतले पनि फोटो प्रदर्शनीबाट पर्यटक भित्र्याउन सहयोग मिलने बताए । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख समना कुमारी लामाले पर्यटन प्रवद्र्धनका लागि एक अर्को पालिकाबीचको सहकार्य गरेर अघि बढ्ने बताइन् । मकवानपुर जिल्ला नै पर्यटकीय जिल्ला भएको बताउँदै थाहानगरले थालेको अभियान सह्रानीय भएको उल्लेख गरिन् । पालिकाहरुबीच भगिनी सम्बन्ध कायम गर्दे पर्यटन प्रद्र्धनका लागि एकजुट हुन आवश्यक रहेको बताउँदै सबै पालिकाहरुसंग हेटौंडा सहकार्य गर्न तयार रहेको बताइन् । लामाले हेटौंडामा भएको थाहा फोटो प्रर्दशनीले थाहामा पर्यटकहरुको संख्यामा बृद्धि गर्नेमा आफु विश्वस्त रहेको बताईन् । यसखाले प्रर्दशनीले नेपाली पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्न सहयोग गर्ने उनको भनाई रहेको थियो । फोटो प्रदर्शनीको दोस्रो तथा अन्तिम दिनमा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोतम ढकाल, वरिष्ठ उपाध्यक्ष शम्भूसिं कार्की तथा पदाअधिकारीहरु, थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीलगायतकाको विशेष उपस्थिती रहेको थियो । प्रदर्शनीमा राखिएका फोटोहरुको विषयमा थाहानगरका विभिन्न व्यक्तित्वहरुले अवलोकनकर्ताहरुलाई प्रष्ट पारेका थिए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशका उत्तम चापागाइले थाहा नगरपालिकाको फोटो प्रदर्शनीले बागमती प्रदशेले थालेको पर्यटन वर्षलाई समेत मद्दत पुगेको बताए । उनले बागमती प्रदेश सरकारले फोटो संग्राहलय बताउन लागेको बताउँदै यस खाले प्रदर्शनीले सो कार्यका लागि थप सहयोग हुने बताए । उनले यस किसिमको कार्यक्रमको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपालकै चर्चित पर्यटकीय क्षेत्रको रुपमा रहेको थाहा नगरपालिकाको ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने उदेश्यको साथ सुरु भएको प्रर्दशनीमा ६० वटा फोटोहरु प्रर्दशनमा राखिएको थियो । प्रदर्शनीमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्व अध्यक्ष प्रताप विष्टले थाहा नगरपालिकाले थाहाको पर्यटन प्रवद्र्धनमा फोटो प्रदर्शनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

थाहा नगरपालिकाको आयोजना तथा फरक सोच अभियान, शिखर क्लबको संयोजनमा भएको प्रर्दशनीलाई राष्ट्रिय फोटो पत्रकार समूह, मकवानपुर, नेपाल पत्रकार महासंघ मकवानपुर, हेटौँडा उपमहानगरपालिका लगाएतको संघसस्थाको सहयोग रहेको छ । प्रर्दशनीमा थाहाको पर्यटकीय क्षेत्रको तस्बिरको साथै थाहा क्षेत्रमा रहेको सांस्कृतिक, धार्मिक पक्षहरु समेटिएको तस्बिरहरु राखिएको थियो । बागमती प्रदेश सरकारले सन् २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको ४ दिनपछि सुरु भएको प्रर्दशनीले प्रदेशको पर्यटनलाई टेवा पु¥याउने फरक सोचका यादबजंग राजमाझीले बताए ।

थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीको सभाध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । शिखरक्लबका विश्वनाथ रायमाझीको संयोजकत्वमा भएको फोटो प्रदर्शनीमा गणेश विष्ट, श्रीकृष्ण श्रेष्ठ, कृष्ण अधिकारी, शम्भु अधिकारी, सुरज कुमार भुजेल, रामकुमार कार्कीलगायतले खिचेको तस्वीरहर राखिएको थियो । प्रदर्शनीको शिखरक्लबका अध्यक्ष विश्व अर्याल, कुमार रायमाझी, राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहाल, अच्युत विडारीलगायतकाले व्यवस्थापन गरेका थिए ।

हेर्नुहोस फोटोहरुः

 

 

 

गणेश विष्ट
थप जानकारी