मकवानपुरको पर्यटकीय नगरी थाहानगरमा पर्यटनका लागि ‘फिल्म फेस्टिभल’ भन्ने नाराका साथ गत मंसिर ९ गते देखि १५ गते सम्म जेसिज हलमा सम्पन्न थाहा फिल्म फेस्टिभल–२०२३ को खर्च विवरण सार्वजनिक गरिएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण थाहा नगरलाई खुला फिल्म सिटीका रूपमा विकाससँगै पर्यटन प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यसहित ९ मङ्सिरदेखि १५ गतेसम्म भएको साताव्यापी फिल्म महोत्सव आयोजनामा भएको खर्चको विवरण २४ पुसमा शंकर होटलमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको होे । फिल्म फेस्टिभलका संयोजक प्रमोदकृष्ण जोशीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कार्यक्रमका उपसंयोजक राजिव स्याङ्तानले खर्च विवरण सार्वजनिक गरेका हुन ।

थाहा कला केन्द्रको आयोजनामा भएको फिल्म फेस्टिभलको लागि ३५ लाख ७५० रुपैयाँ बजेट अनुमानत गरिएकोमा ३० लाख ६९ हजार ६२० रुपैयाँ खर्च भएको जानकारी दिइएको छ । उपसंयोजक स्याङ्तानका अनुसार १० लाख रुपैयाँ थाहा नगरपालिका र १० लाख रुपैयाँ बागमती प्रदेश सरकारको संस्कृती, पर्यटन तथा सहकारी मन्त्रालयबाट बिनियोजित भएको र अन्य प्रायोजकहरुबाट १५ लाख उठ्ने अनुमानित गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी