मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको दामन क्षेत्रमा पाईने राष्ट्रिय फूल लालिगुँरास यस वर्ष माघमै फुलेर ढकमक्कै भएको छ । विगतका बर्षहरुमा फागुनको अन्तिम सातादेखी फुल्न सुरु गर्ने र चैतमा वनभरी गुराँस फूल हुने गरेपनि यस वर्ष भने माघमा फुलेर अस्थाउन थालेको हो ।

दामन–सिमभन्ज्याङ घुम्न आउने पर्यटकहरुलाई हेटौंडातर्फ अघोर झिरघारी र काठमाण्डौंबाट आउनेलाई टिष्टुङ, चन्द्रागिरि तिरबाटै चैत्र महिनाभरी गुराँसले स्वागत गरेको भान हुन्थ्यो । यस वर्षभने दामन सिमभनज्याङ क्षेत्र र जंङगलहरुमा रातै हुनेगरी लाली गुँरास फुलेपछि स्थानीयहरु अचम्ममा परेका छन् । फागुन महिनाको अन्तिम साताबाट भिरपाखाहरुमा ढकमक्क फुल्ने लालीगुँरास अहिले वनैभरी फुलेको छ ।

गुराँसको फूल मात्र होइन गुराँसको दाउराको प्रयोगबाट अन्य प्रजातिका बिरुवाहरुको दाउराको तुलनामा राप बढी लाग्ने, ताप शक्ति गुँरासको कोईलामा अत्याधिक हुने र गुराँसको रुखको हाँगाबाट बिभिन्न कृषि औजारहरुको बिँड बलियो हुने भएकाले यसको प्रयोग हुने गर्दछ ।

समुद्री सतहदेखि १ हजार ४ सय मिटर उचाइदेखि १ हजार ५ सय ५० मिटर उचाइका जंगलमा रहेका बोटमा लालीगुराँस फुल्न थालेको अनुमान गरिएको छ ।

जलवायु परिवर्तनका कारण फागुन चैतमा फुल्ने लालीगुराँस करीब १ महिना अगावै फुलेको हुनसक्ने जलवायु परिवर्तनका अध्ययेताहरु बताउँछन् । चैतमा हुने तापक्रम फागुनमा, फागुनमा हुने तापक्रम माघमा हुन थालेपछि फागुनचैतमा फुल्ने लालीगुराँस माघ फागुनमा फुल्न थालेको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले प्रतिक्रिया दिए । उनी भन्छन्–‘मुख्यगरी जलवायु परिवर्तनको कारण नै हो भन्न सकिन्छ ।’

हेर्नुहोस् फोटो फिचरः

 

गणेश विष्ट
थप जानकारी