हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले हेटौँडा ११ सिमलटारमा बाटो स्ल्याब ढलानको अवलोकन गरेकी छिन् । सिमलटारस्थित त्रिवेणी चोकदेखि दर्शन टोल जाने १ सय १० मिटर लम्बाईको सडक स्ल्याब ढलान कार्यको अवलोकन गरिएको हो ।

अवलोकन टोलीमा मेयर लामासहित हेटौँडा ११ की वडाअध्यक्ष जुना दाहाल र उपभोक्ता समितिका सदस्यहरु रहेका थिए ।

हेटौँडा उपमहानगरपालिकाको ६ लाख बजेट र उपभोक्ता समिति तथा जनश्रमदानबाट गरी जम्मा ७ लाख ५० हजार ९ सय १९ रुपैयाँको लागतमा सडक स्ल्याब ढलान गरिएको हो ।

पालिका प्रेस
थप जानकारी