मकवानपुर थाहा नगरपालिकाको गरिब परिवारको सूची सार्वजनिक गरिएको छ । थाहा नगरपालिकाले आफ्नो वेवसभइट मार्फत विवरण सार्वजनिक गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमको तथ्याङ्क विश्र्लेशण गरी नगरपालिकाकलाई प्राप्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।
पालिकाले यसअघि गरिब परिवारको प्रारम्भिक सूची प्रकाशन गरिसकेको छ । नगरपालिकाले गरिब परिवारलाई उपलब्ध गराउने सेवा यसै परिचयपत्रको आधारमा उपलब्ध गराइने थाहा नगरपालिकाले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले थाहा नगरको ८ सय २३ परिवारलाई गरिबको सुूचीमा राखेको छ ।
हेर्नुहोस् नामावलीहरु:
प्रतिक्रिया दिनुहोस्