मकवानपुर जिल्लाबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १३ हजार १०१ पुगेको छ । यो संख्या मकवानपुरको कुल जनसंख्या ४ लाख ६६ हजार ७३ को २.८११ प्रतिशत हो । यो तथ्याङ्क बागमती प्रदेशका १३ जिल्ला मध्ये दोस्रो हो । प्रदेशको सबैभन्दा बढी वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेमा भने चितवन अग्र स्थानमा रहेको छ । चितवनका १५ हजार ८२३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । यो संख्या चितवन जिल्लाको कुल जनसंख्याको २.१९८ प्रतिशत हो ।

धादिङका १२ हजार ५४० अर्थात ३.८५० प्रतिशतले श्रम स्वीकृति लिएका छन् । सिन्धुलीका १२ हजार ३ अर्थात ४.००१ प्रतिशत, काठमाडौँका ११ हजार ९४८ अर्थात ०.५८५ प्रतिशत नागरिकले श्रम स्वीकृति लिएका छन् ।

सिन्धुपाल्चोकका १० हजार ७६५ अर्थात ४.०९९, नुवाकोटका ९ हजार ९६६ अर्थात ३.७८४ प्रतिशत, काभ्रेका ७ हजार ६४८ अर्थात २.१०१ प्रतिशत, रामेछापका ७ हजार ५६२ अर्थात ४.४४० प्रतिशत, दोलखाका ६ हजार ५७१ अर्थात ३.८०३ प्रतिशतले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । त्यस्तै ललितपुरका ३ हजार ८९२ अर्थात ०.७०५ प्रतिशत, भक्तपुरका ३ हजार ६८५ अर्थात ०.८५३ प्रतिशत र रसुवाका १ हजार ३९२ अर्थात २.९८१ प्रतिशत नागरिकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

बागमती प्रदेशमै भने १५ प्रतिशत नागरिकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९–०८० मा मात्र बागमती प्रदेशबाट कुल जनसंख्याको १५.१६ प्रतिशतले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

बागमती प्रदेशका १ लाख १६ हजार ९३२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ । जसमा २६ हजार १७० जना (२२.३८ प्रतिशत महिला रहेका छन् भने ९० हजार ७६२ जना (७६.६२ प्रतिशत) पुरुष रहेका छन् ।

पालिका प्रेस
थप जानकारी