बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले एकैसाथ ८८ जना लेखा साखामा कार्यरत कर्मचारीहरुको सरुवा गरेको छ ।

बितेको साउन १ गते देखिनै बजेट धेरै भएका सरकारी कार्यालयमा जाने र पैसा कमाउने ध्याउन्नमा लागेका धेरै जसो कर्मचारीको दौडधुप सकिएको छ । बजेट धेरै भएका पूर्वाधार कार्यालय, खानेपानीका कार्यालय, सिंचाइ कार्यालयमा जानका लागि कर्मचारीका हाकिम देखिलिएर नेता र मन्त्री सम्मलाई भनसुन गर्दै आएका लेखा साखाका खरिदारदेखि अधिकृतसम्मका कर्मचारीहरुको लामो समयको दौडधुपछी आर्थिक मामिला मन्त्रालयले एकै पटक ८८ जनाको सरुवा गरेको हो । अझै केही कर्मचारीहरुको सरुवा गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव स्तरको निर्णयबाट प्रशासन सेवा, लेखा समुहका सहलेखापाल, लेखापाल, अधिकृतस्तरका कर्मचारीलाई सरुवा गरेको मन्त्रालयले जनाएको छ । केही कर्मचारीलाई सरुवा गरिएको छ भने केहीलाई कामकाजमा खटाइएको मन्त्रालयले जनाएको छ ।

को कहाँ सरुवा भए ?

पालिका प्रेस
थप जानकारी