जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा अनुगमन गरेको छ । २५ माघमा स्थानीय तहहरुको चालु आर्थिक वर्षको योजना, आर्थिक, सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरणलगायत क्षेत्रमा भए/गरेका कार्यहरुको अनुगमन गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिकाको चालु आवको प्रगति, बालमैत्री स्थानीय तहको अवस्था, स्थानी तह स्वमुल्याङ्कनका विषयमा समेत जानकारी लिएको थियो । यस्तै टोलीले मौजदात कोषबाट सञ्चालित जुरेली खानेपानी आयोजना, जिससबाट उपलब्ध गराईएको ट्रष्ट ब्रिजलगायत गाउँपालिकाको विभिन्न आयोजनाहरुको स्थलगत अनुगमन गरेको थियो । जुरेली खानेपानी आयोजनाका लागि जिससको मौजदात कोषबाट एक करोड उपलब्ध गराइएको छ भने, ट्रष्टब्रिजमा गाउँपालिकाले थप ७० लाख लागत लगाएर निर्माण गरिरहेको छ ।

अनुगमन टोलीलाई गाउँपालिका उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनी, स्वास्थ्य शाखा प्रमुख फणिकमणि प्याकुरेललगायतले समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए । सो क्रममा गाउँपालिकामा चालु आर्थिक वर्षको करीब ४० प्रतिशत योजना सम्झौता भएर कार्यान्वयनमा रहेको जानकारी दिइएको छ । गाउँपालिकाले आन्तरिक आयबाट सञ्चालन गर्ने योजनाहरुमा स्रोतको अभावमा काम गर्न समस्या रहेको जानकारी दिइएको छ । गाउँपालिकाले आन्तकि स्रोत मध्ये महत्वपूर्ण नदिजन्य पदार्थको ठेक्का बन्दोबस्ती हुन नपाउँदा समस्या भएको बताएको छ । यस बाहेक पनि अन्य आन्तरिक स्रोतमा गाउँपालिका कमजोर नै रहेको जनाईएको छ । यस्तै गाउँपालिकामा कोरोना बिरुद्धको कुल २८ हजार खोप लगाउने लक्ष्य रहेकोमा पहिलो मात्र २४ हजारलाई र दोस्रो मात्र १८ हजारलाई लगाईएको जनाईएको छ । गाउँपालिकाले खोप केन्द्र तथा टोलटोलमै पुगेर खोप अभियन सञ्चालन गरिहेको समेत जानकारी दिएको छ ।

त्यस्तै बालमैत्री घोषणा भईसकेको बकैया गाउँपालिकाले हालको परिमार्जित बालमैत्री सुचकमा समेत काम गरिरहेको जनाएको छ । हाल बालमैत्रीका सुचकहरु परिमार्जन भएर ५१ व्टा पुगेको र सो सुचकमा काम भईरहेको साथै आगामी जेष्ठमहिना सम्ममा पूर्ण वालमैत्री सुनिश्चित गर्ने योजनाका साथ काम भईरहेको बताईएको छ । यस्तै स्थानीय तह स्वमुल्याङकनको रिपोर्ट आज÷भोलीमै पुरा हुने समेत जनाईएको छ । अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायबसुब्बा उपेन्द्रनाथ पोखरेल, प्रेस संयोजक बिवश अधिकारीलगायतको सहभागिता थियो ।

पालिका प्रेस
थप जानकारी